नेविसंघ अध्यक्षको परिवार माथि आक्रमण

Congress-flagकाठमाडौं, ३ मंसिर । राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले नेपाल विद्यार्थी संघका बाग्लुङ जिल्ला अध्यक्ष हरिहर शर्मा र उनको परिवार माथि सांघातिक आक्रमण गरेको छ ।

जनमोर्चाको आक्रमणमा परेर आइतबार राति शर्मासहित उनको सात जनाको परिवार गम्भीर घाइते भएको कांग्रेसले जनाएको छ । जैदी–५ मा रहेको घरमा खाना खाएर बसिरहेका परिवार माथि खुकुरी र रडले प्रहार भएको कांग्रेस बाग्लुङका सभापति प्रकाश पौडेलले जानकारी दिए ।

आक्रमणबाट शर्माकी आमा नर्वदा, बुबा केदारनाथ, भाइहरु राम, प्रेम र गोविन्द तथा बहिनी गंगा घाइते भएका छन् । खुकुरी र रड प्रहारबाट नर्वदा, केदारनाथ, राम र प्रेम शर्मालाई गम्भीर चोट लागेको छ । उनीहरुलाई उपचारका लागि मणिपाल अस्पताल पोखरा पुर्‍याएको नेपाली सेनाको सूर्यदल गणका गणपति इन्द्रबहादुर शाहले जानकारी दिए ।

जनमोर्चाका कार्यकर्ताको सांघातिक आक्रमणको जानकारी पाए लगत्तै नेपाली सेनाले घइतेहरुले उद्धार गरेका थियो । उनीहरुलाई सेनाको हेलिकप्टरमा राखेर पोखरा पुर्‍याईएको हो ।

जनमोर्चाको सो समूहले कांग्रेस जैदी गाउँ ईकाई सभापति बमबहादुर खत्री, शारदा प्राथमिक विद्यालयका प्रधानाध्यापक अरुण पौडेल, युगनाथ शर्मालगायतकाको घरमा पनि तोडफोड गरेको छ ।

प्रतिक्रिया