दुग्ध प्रशोधन केन्द्रका लागि अनुदान

कञ्चनपुर : भीमदत्तनगरपालिका–४ मा रहेको पाठक डेरी इन्डस्ट्रिजले आधुनिक दुग्ध प्रशोधन केन्द्र निर्माणका लागि ३९ लाख ६८ हजार दुई सय ५० रुपिँया अनुदान पाएको छ । इन्डस्ट्रिजले व्यावसायिक कृषि तथा व्यापार योजनाबाट सो अनुदान पाएको डेरी सञ्चालक प्रेमप्रकाश पाठकले जानकारी दिए ।
उनले सो केन्द्र निर्माणका लागि ४० लाख ८३ हजार पाँच सय रुपिँया आफ्नो लगानी गरी ८० लाख ५१ हजार सात ५० रुपिँया बराबरको लगानीमा आधुनिक दुग्ध केन्द्र निर्माण हुने
बताए ।
दुग्ध प्रशोधन घर निर्माण, दुई हजार लिटर क्षमता भएको दुग्ध चिस्यान मेसिन, मिल्क चिलिम, आइसक्रिम मेसिनलगायतका भौतिक सामग्री रहने सञ्चालन पाठकको भनाइ छ । केन्द्र निर्माण भइसकेपछि पाकेटमा प्याकिङ गरेर दुग्ध बजारमा बिक्री–वितरण हुने उनको भनाई छ । केन्द्र एक वर्ष भित्रमा निर्माण भइसक्ने बताउँदै पाँच दिनसम्म दूध राख्न सकिने छ ।
चार किस्तामा अनुदान रकम प्राप्त हुने सम्झौता भएको समेत सञ्चालन पाठकले बताए । पहिलो चरणमा सात लाख ९३ हजार छ सय ५० रुपिँया प्राप्त भइसकेको छ, भने अन्य तीन किस्ता निर्माण कार्यसागै प्राप्त हुनेछ ।
विसं २०६२ साल चैत महिनादेखि डेरी सञ्चालनको बेला ३० लिटर दूधको कारोबार गरेका पाठकले हाल दैनिक आठ सय देखि एक हजार लिटर दुग्धको गरिरहेका छन् भने आधुनिक केन्द्र बनेपछि दुई हजार लिटरको कारोबार हुने अपेक्षा गरिएको छ । हाल पाठक डेरीमा १० जनाले प्रत्यक्ष रोजगारी पाएका
छन् । (सौस)

प्रतिक्रिया