धनगढी,३ मंसिर । कैलालीका स्थानीय सुरक्षा अधिकारीले दोस्रो संविधानसभा चुनावका लागि सुरक्षा अवस्था मजबुत रहेको बताएका छन् ।
चुनावविरोधी समूहले हिंसात्मक गतिविधि बढाइरहेको बेला सुरक्षा निकायका अधिकारीले यस्तो दाबी गरेका हुन् । चुनावको विरोधमा रहेको नेकपा–माओवादी सहित ३३ दलीय मोर्चाले हिंसात्मक घटनाको जिम्मेवारी नलिए पनि सुरक्षा अधिकारीहरुले भने बम राखेर आतंकित पार्ने काममा माओवादीसहितको मोर्चाको संलग्नता रहेको बताएका छन् । अज्ञात समूहले मतदाता तथा चुनावमा सहभागी दलका नेता कार्यकर्ता, कर्मचारीहरुलाई आतंकित बनाउन सनर्वजनिक ठाउामा बम राख्ने, बमका नाममा शंकास्पद वस्तु राख्ने, चुनावमा सहभागी नहुन धम्क्याउने गरेका छन् ।
पछिल्लो समय धनगढी, अत्तरिया, लम्कीलगायत विभिन्न ठाउामा शंकास्पद वस्तुको साथै सकेट बम फेला पर्ने क्रम बढेको छ । सुरक्षाकर्मीको उच्च सतकर्ताका कारण हालसम्मका घटनामा कुनै पनि मानवीय क्षति नभए पनि सर्वसाधरण भने त्रसित भएको बताउँछन् ।
शुक्रबार राति मात्र बलिया गाविसको २ ठाउमा विष्फोटक पदार्थ विष्फोटन गराइएको थियो । विस्फोटन गराउनेको पहिचान खुल्न नसकेको शसस्त्र प्रहरी वल डुडेझारीका प्रमुख डिएसपी रमेश बिक्रम शाहीले बताए ।
राति करीब साढे ९ बजेपछि बलिया गाविसको वडा नंम्वर ९ कर्णाली चिसापानीस्थित कर्णाली नदीमा निर्माणाधिन रानीजमरा गुलरिया सिचाइा आयोजनाको निर्माणाधीन इन्टेकनजिकै र वडा नंम्वर ८ स्थित बालकल्याण माविको नजिकै रहेको जनकल्याण सामुदायिक वनमा बिष्फोटन गराइएको डिएसपी शाहीले जानकारी दिए ।
यसैगरी शुक्रबारै एमाले कैलाली क्षेत्र नंम्वर २ को आमसभा प्रभावित पार्न राराापुल नजिकै दिउासो शंकास्पद वस्तु फेला परेको थियो । मनिषा पेट्रोल पम्प अगाडी भेटिएको सो शंकास्पद वस्तु सुटकेस भएको प्रहरीको भनाइ छ ।
सुरक्षा अधिकारीहरुले भने विरोधीले तर्साउन खोजे पनि सुरक्षास्थिति कडा भएकाले निर्धक्कका साथ मतदानमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । चुनाव विराधीले अनेक हत्कण्डा अपनाए पनि उनीहरुका सवै योजना विफल हुने कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन जोशीले बताए ।
उता नेकपा–मओवादीका कैलाली जिल्लास्तरिय नेताले भने चुनाव विफल बनाउन आफूहरुले सक्रिय रुपमा प्रतिवाद गर्ने जनाएका छन् ।
प्रतिक्रिया