गाडीमा पेट्रोल बम प्रहार/चालक घाईते

Petrol bomकाठमाडौं, २ मंसिर । चितवनको पुलचोकमा पानी बोक्ने गाडीमा पेट्रल बम प्रहार गर्दा चालक घाईते भएका छन् ।

बा १ ख ९५५४ नम्बरको पानी बोक्ने गाडीमा आज (आइतबार) अपरिचित समूहले पेट्रोल बम प्रहार गरिएको हो । पेट्रोल बम लागेर चालक अस्विन गुरुङ गम्भीर घाइते भएका छन् ।

घाईते गुरुङउनको शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ । मोटरसाइकलमा आएका दुई व्यक्तिले बम प्रहार गरी भागेको प्रहरीले जनाएको छ ।

उता, नुवाकोटको मुड्कु नाकामा अपरिचित समूहले जीपमा आगो लगाइदिएका छन् । बा ५ च २९३१ नम्बरको जीपमा मोटरसाइकलामा आएका चार जनाको समूहले आगो लगाएको प्रहरीले जनाएको छ । प्रहरीले आगजनीमा नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाका कार्यकर्ता संलग्न रहेको आशंका गरेको छ ।

प्रतिक्रिया