‘मतदातालाई कुनै प्रकारको दवाव दिनु हुँदैन’

काठमाडौं, २ मंसिर । नेपाल बार एशोसिएसनले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई यातायात बन्दलगायतका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।
एशोसिएसनले आज (आइताबर) विज्ञप्ति जारी गरेर बन्दको कार्यक्रम फिर्ता लिएर मतदातालाई सहज रुपमा निर्वाचनमा सहभागी हुन दिन माग गरेको हो । उसले हिंसात्मक कार्य पनि बन्द गर्न अपील गरेको छ ।
निर्वाचनमा भाग लिने नलिने जनताको विवेक सम्मत निर्णयमा भर पर्ने भन्दै एशोसिएसनले यसमा दवाव वा बल प्रयोग गर्ने अवस्था सृजना नगर्न अपील गरेको हो । एशोसिएसनले मोर्चालाई शान्ति पूर्ण रुपमा प्रदर्शन गर्न आग्रह पनि गरेको छ ।
मुलुकमा निर्वाचन अनिवार्य भएको जनाएको एशोसिएसनले भएरहित वातावरणमा निष्पक्ष चुनावको अवस्था बनाउन सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया