काठमाडौं : मंसिर ४ गतेका दिन पर्यटकलाई सुविधा दिने उदेश्यले पर्यटक सटल बसहरु संचालन हुने भएको छ । संविधानसभा निर्वाचनका दिन यातायात बन्द हुने भएकाले पर्यटकलाई सुविधा होस भनेर सटल बसहरू सञ्चालन गर्न लागिएको ट्रेकिङ एजेन्ट एसोसिएसन अफ नेपाल (टान) ले जनाएको छ । नेपाल पर्यटन बोर्डसगको समन्वयमा निर्वाचन आयोग र प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिई विमानस्थलबाट विभिन्न तारे होटलहरू र पुन: विमानस्थलसम्म आवत जावत गर्नका लागी दिनभर तीन वटा बस सञ्चालन हुने बताइएको छ ।
प्राप्त जानकारी अनुसार पहिलो बस न्युरोड, अन्नपूर्ण, याक एन्ड यति होटल हुदै ठमेल चोक, एम्बेस्डर होटलबाट पुन: विमानस्थल पुग्नेछ । त्यस्तै दोस्रो बस विमानस्थलबाट गौशाला दरबारमार्ग, र्याडिसन होटल, महाराजगन्ज हायात होटल हुदै विमानस्थल पुग्ने छ । तेस्रो बस विमानस्थलबाट तीनकुने एभरेष्ट होटल हुदै माइतीघर, हिमालय होटल, जावलाखेल र सोल्टी होटल हुदै पुन: विमानस्थल पुग्ने गरी ब्यवस्था मिलाइएको टानले जनाएको छ । (सौस)
प्रतिक्रिया