एक किलो नुनको एक सय

Nunसिरहा : बजारमा नुन अभावको हल्ला फैलाएर सिरहामा प्रतिकिलो एक सय सम्ममा बिक्री भएको छ । भारतबाट फैलिएको हल्ला पछाडि परेर उपभोक्ताले प्रतिकिलो एक सयका दरले नुन खरिद गरेको हो ।
हल्ला फैलिएपछि यहाँका व्यापारीहरु पनि कालोबजारी गर्न हल्ला फैलाएर नुन किलोको ४० देखि १०० सम्ममा बिक्री गरेका छन् । साथीले फोन गरेर भन्यो नुन भेट्नै छाड्यो भन्यो र त्यसपछि बजारमा खोज्न जाँदा प्रतिकिलो ४० का दरले पाँच किलो खरिद गरे धर्मेन्द्र पासवानले भने ।
उनले सिरहा जिल्लाभरि नै नुनको भाउ एकाएक बढेको बताए । उनका अनुसार पसलमा नुन रहेपनि अझ बढी मूल्यमा बिक्री गर्न व्यापारी बिक्री गर्न पनि छाडेका छन् । नुनको मूल्य प्रतिकिलो एक सय पुगेकाले उपभोक्ता शुक्रबार बिहानैदेखि लहानस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कार्यालयमा पुगेका थिए ।
त्यस्तै नुनको मूल्य एकाएक बढेको अपवाह फैलिएपछि इलाका प्रशासन कार्यालय लहानले हल्लाको पछाडि नपर्न सार्वजनिक सूचना जारी गरेको छ । लहानका प्रशासकीय अधिकृत राजुप्रसाद साहले हल्लाको पछाडि परेर बढी मूल्यमा नुन खरिद नगर्न माइकिङ गराइएको बताए । उपभोक्ता सचेत भए व्यापारीहरु आफैं नुनको प्याकेटमा उल्लेखित मूल्यमा बिक्री गर्न बाध्य हुने उनले बताए । साल्ट ट्ेरडिङ कर्पोरेसन लिमिटेड शाखा लहानका प्रमुख जीतेन्द्र साहले भारतबाट व्यापारी कालोबजारी गर्न हल्ला फैलाएको बताए । उनले नुनको फालाफाल रहेकाले हल्लाको पछाडि नपर्न उपभोक्तालाई आग्रह गरे ।
उता जनकपुरधाममा पनि नुनको अभावका कारण उपभोक्ता मारमा परेका छन् ।
जनकपुरका व्यापारीले बिहिबार ४० देखि एक सम्ममा बिक्री गरेकोमा शुक्रबार देखि नुन नभएको जानकारी गराएका छन् । साल्ट ट्ेरडिङले नुन उपलब्ध नगराएको भन्दै व्यापारीले अधिक मूल्य लिई नुन बिक्री गरिरहेका छन् । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले साल्ट ट्ेरडिङमा प्रर्याप्त नुनको भण्डारण भएको बताउँदै बजारमा कृत्रिम समस्या उत्पन्न गरी नुनको अभाव सिर्जना गर्नेलाई कारबाही गरिने बताए ।

प्रतिक्रिया