शान्तिपूर्ण चुनाव हुनेमा खिलराज ढुक्क

काठमाडौं, १ मंसिर। मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले स्वतन्त्र एवम् निष्पक्ष निर्वाचन वर्तमान सरकारको एक मात्र लक्ष्य भएको बताएका छन् ।

आगामी मङ्गलबार हुने संविधानसभाको निर्वाचन पर्यवेक्षण गर्न आएको एसियन नेटवर्क फर इलेक्सन्स मिसनका प्रमुख दामासो मग्वुवाल नेतृत्वको पााच सदस्यीय टोलीसग शुक्रवार भएको भेटमा अध्यक्ष रेग्मीले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न हुनेमा आफू ढुक्क रहेको बताए । “तपाईंहरूको मूल्याङ्कनले नेपालको निर्वाचन प्रक्रियामा सहयोग पुग्नेछ”–पर्यवेक्षण टोलीसगको भेटमा अध्यक्ष रेग्मीले भने । निर्वाचनको सबै तयारी पूरा भइसकेको र मतदान केन्द्रमा निर्वाचन अधिकारी एवम् सुरक्षाकर्मी पुग्ने क्रम जारी रहेको जानकारी पनि अध्यक्ष रेग्मीले सो अवसरमा दिए ।
मिसन प्रमुख मग्वुवालले अन्तर्राष्ट्रिय मापदण्डअनुसार आफ्नो टोलीले पर्यवेक्षण गर्ने बताउदै ५० जिल्लामा पर्यवेक्षक खटिने जानकारी दिए । मिसनले ४० जनालाई एक महिना र १० जनालाई दीर्घकालीन पर्यवेक्षकका रूपमा परिचालन गराउने भएको छ ।

प्रतिक्रिया