ओखलढुङ्गा, २८ कात्तिक । ओखलढुङ्गा जिल्लामा एमाओवादीका कार्यकर्ताको आक्रमणबाट कांग्रेस नेता तथा कार्यकर्ता घाईते भएका छन् ।
निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत घोडाखरी गाविसमा एमाओवादीका कार्यकर्ता सुरेश थापाको नेतृत्वको समूहले बुधबार राति कांग्रेस कार्यकर्ता माथि आक्रमण गरेको हो । आक्रमणबाट आधा दर्जन नेता कार्यकर्ता घाईते भएका छन् ।
एमाओवादीको आक्रमणबाट महासमिति सदस्य जितेन्द्रबहादुर कार्की, ओखलढुङ्गा जिल्ला कार्यसमिति सदस्य अजय लुईटेल, क्षेत्र नम्बर २ का सचिव बद्री कार्कीलगायतका नेता तथा कार्यकर्ता घाईते भएको कांग्रेसले जनाएको छ ।
चुनाव प्रचार प्रसार सकेर सुतेका बेला एमाओवादीका कार्यकर्ताले आक्रमण गरेको कांग्रेस कांग्रेस कार्यकर्ता सुन्दर खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार एमाओवादीका कार्यकर्ताले ७ वटा मोवाईल सेट लुटेर लगेका छन् ।
प्रतिक्रिया