भारतले नेपालमा लेन्डुपहरू खोजिरहेको दाबी

pampha bhusalकाठमाडौं, २८ कात्तिक । नेकपा–माओवादीले संविधानसभा चुनावका नाममा नेपाललाई सिक्किमीकरण गर्न भारतीय गुप्तचर संस्था ‘र’ ले ठुलो धनराशी खर्च गरिरहेको दाबी गरेको छ ।

माओवादी प्रवक्ता पम्फा भुसालले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाललाई सिक्किमिकरण गर्न ‘र’ ले दलका नेतादेखि ब्यवसायी, कथित बुद्धिजीविलाई ठुलो रकम खर्च गरेको दाबी गरिन् । ‘नेपाललाई सिक्किमीकरण गर्नका लागि लेण्डुप दोर्जेको खोजी गर्दै ‘र’का मान्छेहरु आएर ठुलो मात्रामा धनराशी खर्च गरिरहेका छन्,’ भुसालले भनिन, ‘केही निश्चित पात्रहरुमाथि ‘र’ले लगानी गरेको छ ।’
उनले ‘र’ले लगानी गरेका नेताहरुले नै आगामी चुनाव जित्ने बताईन् । उनले ती नेताहरुको नाम भने खुलाइनन् । नेपाललाई सिक्किमीकरण गर्नकै लागि सिङ्गो नेपाललाई ब्यारेकमा परिणत गरिएको टिप्पणी गर्दै उनले नेपाललाई सिक्किमीकरण हुनबाट रोक्न आमहड्तालका साथै यातायात बन्दको कार्यक्रम गरेको बताइन् । ‘मुलुकलाई सिक्किमीकरणबाट बचाउन हामी बलभद्र कुँवर र भीमसेन थापा बन्न तयार छौं,’ उनले भनिन् ।
सरकारले सम्पूर्ण शक्ति लगाउदा पनि ३३ दलीय मोर्चाको आन्दोलन दबाउन नसकिरहेको उल्लेख गर्दै उनले निजी क्षेत्रलाई सरकारले उचालेको दाबी गरिन् । ‘सिंहदरबारबाट पैसा बाँडेर निजी क्षेत्रका केही मान्छेहरुलाई हाम्रो आन्दोलनविरुद्ध उचालिएको छ । उद्योग बाणिज्य संघले आयोजना गरेको ऱ्याली त्यसको उपज हो’ उनले भनिन ‘अहिले सुरज बैद्यजीले त्यो कमिसन पाएका छन् । के सुरज बैद्यजीहरुले ३ सय ६५ दिन नै यसरी सडकमा र्‍याली निकाल्न सक्नुहुन्छ ?’
राजनीतिक विश्लेषक प्रा डा.सुरेन्द्र केसीले संविधानसभाको हत्या एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईले गरेको आरोप लगाएका थिए । ‘सुरुमा संविधानसभा आफैले जन्माएको भन्दै एमाओवादीले खुब भन्यो, अन्तत: आफैले हत्या गर्‍यो,’ केसीले भने । उनले एमाओवादी नेतृत्व सुविधाभोगी भएको उल्लेख गर्दै भने, ‘नेताहरु कमाउ धन्दामा लागेका छन् ।’

यातायात बन्द अझै कडा बनाइने
काठमाडौं : नेकपा –माओवादीका अध्यक्ष मोहन वैद्य किरणले पूर्वघोषित यातायात बन्द अझै कडा र प्रभावकारी बनाउने चेतावनी दिएका छन् । काठमाडौमा आयोजित एक साक्षात्कार कार्यक्रममा अध्यक्ष वैद्यले अझै पनि समय बााकी रहेको भन्दै सहमतिका लागि पहल गर्न सबैसाग आग्रह समेत गरे । कार्यक्रममा बोल्दै उनले राजनीतिक सहमतिबिना मुलुकको समस्या समाधान नहुने बताउदै सबै राजनितीक शक्तिलाई सहमतिको प्रयास गर्न आग्रह समेत गरे । वैद्यले राजनीतिक सहमतिविना द्वन्द्व समाधान नहुने भन्दैसहमतिको प्रयास गर्न नागरिक समाज, पत्रकार र राजनीतिक दलहरुलाई आग्रह समेत गरेका छन् ।
यस विषयमा सरकारलाई गम्भीर हुन आग्रह गर्दै अध्यक्ष बैद्यले बन्दुकको भरमा निर्वाचन गरे त्यसले द्वन्द्वको समाधानभन्दा पनि द्वन्द्व बढाउने जिकिर समेत गरे । शान्तिप्रक्रियाको एक अभिन्न अंग हामीलाई पाखा लगाएर शान्ति निष्कर्षमा पुग्न सक्दैन, कार्यक्रममा उनले भने, यसले द्वन्द्व बढाउाछ ।’
अध्यक्ष बैद्यले आफूले सहमतिका लागि आब्हान गर्दासमेत सरकार र प्रमुख दलहरुले कुनै ‘रेस्पोन्स’ नगरी दमन गर्न थालिएको भन्दै आपत्ति समेत जनाएका छन् ।
‘ हामीलाई बेवास्ता गरियो, अब अर्को आन्दोलन गरेर फरक ढंगले अघि बढ्छौं’ उनले भने । अध्यक्ष बैद्यले एमाओवादीलाई नेकपा – माओबादी निर्वाचनमा सहभािग हुदा हारिने भएको तथा एमाले र कांग्रेसमा दुई माओवादी मिल्छन् कि भन्ने स्वार्थ रहेको दावी गरे । आफ्नो दल बाध्यताबश आन्दोलनमा सहभागि भएको उनले बताए । (सौस)

प्रतिक्रिया