मदिरा नियन्त्रण

दैलेख : दोस्रो संविधान सभा चुनाबको मिति नजिकिदै जादा लयाटीबिन्दासैनी गाविस वडा नं.२ का महिलाहरु भने मदिरा नियन्त्रण अभियानमा सक्रिय भएका छन् ।
मदिराका कारण पुरुषहरुले महिलाहरु माथि घरेलु हिंसा र सामाजिक सदभावमा असर पार्न थालेपछि महिलाहरुले आमा समुह गठन गरी मदिरा नियन्त्रणलाई निरन्तरता दिएका हुन् ।
उनीहरुले वडाका महिलाहरुलाई जम्मा गरी पुरुषहरुले महिला माथि हिंसा गर्ने भएकाले, महिलाहरु आफै संगठित भै मदिरा निशेधित वडा घोषणा गरेको आमा समुहकी कोषाध्यक्ष सर्मिला शाहीले बताएकी छिन ।
मदिरा नियन्त्रण अभियान क्रमश गाविस भरी थालनी गर्ने आमा समुहकी अध्यक्ष बिन्द्रा शाहीले बताईन् । मदिरा नियन्त्रणमा पुरुषहरुले असहयोग गरे मंसिर ४ गतेको संविधान सभा चुनावमा लयाटीबिन्दासैनी वडा नं. २ का महिलाहरु मतदान गर्न नजाने निर्णय समेत भैसकेको कोषाध्यक्ष शाहीले बताईन । अहिले वडा नं. २मा मदिरा नियन्त्रण भएपछि सामाजिक सदभाव र घरेलु हिंसा कम हुन थालेको उनको भनाई छ ।

प्रतिक्रिया