सर्लाही, २५ कात्तिक । एमाले अध्यक्ष झलनाथ खनालले एमाओवादीलाई खहरे पार्टीको संज्ञा दिएका छन् । उनले अहिलेको अवस्थामा एमाओवादीको बहुमत नआउने बताए ।
‘एमाओवादी जस्तो खहरे पार्टीले अहिलेको अवस्थामा पहिलो पार्टी बन्ने सपना देख्नु हुट्टिटयाउँले आकाश थाम्छु भनु सरह हो,’ उनले भने ।
सर्लाहीको भक्तिकोटमा आज (सोमबार) आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष खनालले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जस्ता बिचार र सिद्धान्तबिहीन नेताले मुलुकलाई सहि दिशा दिन नसक्ने बताए ।
‘पुष्पकमल दाहाल ‘प्रचण्ड’जीले मुलुकलाई निकास दिन सक्दैनन्,’ उनले भने, ‘एमाओवादी बिचार र सिद्धान्तबिहीन पार्टी हो ।’
उनले संबिधानसभा निर्वाचनल मुलुकलाई नयाँ बाटो देखाउने माध्याम भएको बताए । जनताले अब सहि बिचार र नेतृत्व चुन्नु पर्ने समय आएको अध्यक्ष खनालले बताए ।
‘एमालेप्रति देखिएको आर्कषणले अब मुलुकको नेतृत्व एमाले बाहेक कसैले गर्न सक्दैन,’ उनले भने ।
प्रतिक्रिया