काठमाडौं, २५ कात्तिक । सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ ।
अर्यालय अघिल्लो साता नायव महानिरीक्षकबाट अरिक्ति महानिरीक्षकमा बढुवा भएका थिए । हालका महानिरीक्षक कुवेरसिंह राना आइतबारदेखि विदा बसेका छन् ।
मन्त्रिपरिषदको आज (सोमबार) सिंहदरबारमा बसेको बैठकले अर्याललाई मंसिर–१ गते देखि लागू हुने गरेर महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले जानकारी दिए ।
त्यसै गरी सरकारले मंसिर–२ देखि ५ गते सम्म सार्वजनिक विदा दिने निर्णय गरेको छ । अत्यावसेक सेवा दिने डाँक, यातायात, टेलिफेनलगायतका कार्यालय भने २ र ३ गते खुल्ने छन् । यद्यपि, अत्यावसेक कार्यालयहरु पनि ४ र ५ गते बन्द हुने पौडेलले बताए ।
प्रतिक्रिया