फिलिपिन्समा समुद्री आधीबाट ठूलो जनधनको क्षति

Samundri-Andhiकाठमाडौं । फिलिपिन्समा हाइयान नामक समुद्री आँधीबाट एकै प्रान्तका मात्रै १० हजारभन्दा बढीको मृत्यु भएको हुन सक्ने आशंका अधिकारीहरूले गरेका छन् । देशको पूर्वीसहर टाक्लोबानमा मात्रै सयाँ घर, स्कुल र विमानस्थल ध्वस्त भएका छन् ।

छिमेकी समर द्वीप पनि नराम्ररी प्रभावित भएको छ । यो द्वीपमा तीन सयभन्दा बढीको मृत्यु भएको छ । दुई हजारभन्दा बढी हराइरहेका छन् । हजाराँ घरबारविहीन भएका छन् । लेइटे प्रान्तको राजधानी टाक्लोवानमा आँधीले सबैभन्दा बढी क्षति पुर्‍याएको छ । सो क्षेत्रका अधिकांश घरमा क्षति पुगेको छ भने खानेपानी, विद्युत् सेवा पूर्णरूपमा अवरुद्ध भएको छ । सो क्षेत्रबाट र छिमेकी प्रान्तबाट हजाराँैको संख्यामा मानिस हराइरहेका छन् । हराएका धेरैको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।
आँधी प्रभावित क्षेत्रमा खाद्यान्न संकट भएको छ । मानिसहरूले खाद्यान्नका लागि पसलसमेत तोडफोड गरिरहेको समाचार प्राप्त भएको छ । सो क्षेत्रको विमानस्थलमा अन्य सुरक्षित स्थलमा जान सयौँ सर्वसाधारण जम्मा भएका छन् । समुद्री आँधी फिलिपिन्सबाट भियतनामतर्फ लागेको समाचारमा उल्लेख छ । भियतनामको उत्तरी क्षेत्रबाट ६ लाखभन्दा बढीलाई सुरक्षित स्थलतर्फ लगिएको अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया