बन्दमा क्षतिपूर्तिको व्यवस्था

काठमाडौं : सरकारले यही २५ कात्तिकदेखि ५ मंसिरसम्म गर्ने भनिएको बन्दको अवधिमा सवारीसाधनमा हुने क्षतिपूर्तिबापत उपलब्ध गराइने रकम तथा घाइतेको औषधोपचारसम्बन्धी कार्यविधि, ०७० लाई स्वीकृत गरेको छ । बन्दको अवधिमा निर्वाचनविरोधी कुनै पनि दल वा समूहबाट सार्वजनिक यातायातका साधनमा क्षति पुग्न गएमा सरकारले सम्बन्धित क्षतिको ९० प्रतिशतसम्म र २५ हजार रुपियाा तत्कालै उपलब्ध गराइने व्यवस्था यसमा छ । घाइतेको नि:शुल्क उपचार गरिने छ । (सौस)

प्रतिक्रिया