‘मुलुकको समृद्धिका लागि दिगो संविधान अपरिहार्य’

काठमाडौ, २२ कात्तिक । सरकारले पहिलो पटक सहरी विकास योजना र मापदण्डलाई आम नागरिकमा पुर्‍याउने उद्देश्यका साथ विश्व सहरी योजना दिवस २०७० मनाउने भएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागमा आज आयोजित पत्रकार सम्मेलनमा विश्व सहरी योजना दिवसका संयोजक एवम् सहरी विकास मन्त्रालयका सहसचिव डा महेन्द्र सुब्बाले आम जनतामा सहरी संस्कृति, सहर निर्माणको मापदण्ड, योजना र विकास रणनीतिको विषयमा जानकारी गराउने उद्देश्यले शुक्रबार सो दिवस मनाउन लागिएको जानकारी दिए । विश्वभर सन् १९४९ देखि नै हरेक वर्ष नोभेम्बर ८ मा सहरी योजना दिवस मनाउन थालिएको हो ।
सो दिवसको यस बर्षको मूल नारा ‘सहरी योजना र मापदण्ड व्यवस्थित सहरको मेरुदण्ड’ राखिएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सो दिवसमा सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग, नगर विकास कोष, खानेपानी तथा ढल विकास विभाग, काठमाडौा महानगरपालिका, मुलुकभरमा अन्य नगरपालिका, नेपाल नगरपालिका सङ्घ, जर्मन सहयोग नियोग, क्षेत्रीय तथा सहरी योजनाकार समाज (रूपसन) इन्जिनियरिङ अध्ययन संस्थान, ख्वप इन्जिनियरिङ कलेजलगायतका संस्थाको सहभागिता रहने छ ।

प्रतिक्रिया