काठमाडौं : मिथिलाञ्चलको महान पर्व छठ बिहिबारबाट विधिवत रूपमा सुरु भएको छ । सत्य, अहिंसा, आरोग्य र समृद्धिको रूपमा मनाइने चार दिने छठ पर्व मिथिलाञ्चलसहित नेपालका विभिन्न भागमा धुमधामसाग मनाइने गरिन्छ । छठ पर्वको पहिलो दिन बिहिबार ब्रतालुहरुले नुहाएर खाने विधि पूरा गरी छठ पर्वको शुभारम्भ गर्ने गर्दछन् ।
छठ पूजाको दोस्रो दिन खर्ना मनाइन्छ । जसअन्तर्गत ब्रतालुहरूले दिनभरि उपवास बसेर राति खीर, पुरी लगायतका वस्तुहरू गृह देवता र सूर्य देवतालाई चढाई बिना नुनको खानेकुरा खाने गर्दछन् । यस पर्वको तेस्रो दिन व्रतालुहरूले दिनभरि आ–आफ्ना घरमा नानाथरीका पकवान बनाएर, केरा, स्याउ, उखुसहित विभिन्न प्रकारका माटाका भााडामा राखेर सााझपख नदी तलाउमा गई अस्ताउादो सूर्यलाई अर्घ दिने गर्दछन् ।
त्यस दिन रातभरि नदी, तलाउ तथा पोखरीको डिलमा जाग्राम बसेर त्यसको भोलिपल्ट बिहान पुन: उदाउादो सूर्यलाई ती सबै खाद्य वस्तुले अर्घ दिादै छठ पर्वको समापन गर्ने गरिन्छ । छठ पर्व मनाउन सुरुको दिन व्रतालुहरू नजिकको नदी, तलाउ र पोखरीमा छठ पूजाका लागि घाट अर्थात पूजा गर्ने स्थान बनाउाछन् भने कतिपय ठाउमा केराको थाम र लाखौा रुपैयााको पन्डाल तथा रङ्गीचङ्गी बत्तीहरूले सजाउने कार्य गरिरहेका छन् । (सौस)
प्रतिक्रिया