पूर्व उपाध्यक्ष पौडेल एमाओवादीमा प्रवेश

Nabraj Poudelकाठमाडौं, १७ कात्तिक । एमाले निकट अनेरास्ववियुका पूर्व उपाध्यक्ष नवराज पौडेल एकीकृत माओवादीमा प्रवेश गरेका छन् ।

कोटेश्वरस्थित पार्टी मुख्यालयमा आज (आइतबार) भएको विशेष कार्यक्रममा पूर्व उपाध्यक्ष पौडेल एमाओवादीमा प्रवेश गरेका हुन् । पौडेलले आफ्ना केही समर्थकलाई पनि एमाओवादीमा प्रवेश गराएका छन् ।

अस्पष्ट नीति र दोधारे चरित्रका कारण आफूले एमाले छाडेको पूर्व उपाध्यक्ष पौडेलेको भनाई थियो । उनले एमाओवादीमा रहेर देश र जनताका लागि काम गर्ने प्रतिवद्धता पनि जनाए ।

अनेरास्ववियुका पूर्व उपाध्यक्ष पौडेललाई एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले टीकालगाएर पार्टीको सदस्यता प्रदान गरेका हुन् । पार्टी प्रवेशको कार्यक्रममा अध्यक्ष दाहालका साथै प्रवक्ता अग्नि सापकोटा, पोलिटब्युरो सदस्य लीलामणि पोख्रेललगायतका नेताहरुको सहभागिता रहेको थियो ।
तस्विर सौजन्य : शिव खकुरेल ।

प्रतिक्रिया