रेलमा भागदौड मच्चिदा आठको मृत्यु

Trainनयाँदिल्ली । भारतको आन्ध्रप्रदेशमा ट्रेनले कुल्चेर आठ जनाको मृत्यु भएको छ । विजयनगरनजिकै भएको दुर्घटनामा थुप्रै घाइते भए छन् । । शनिबार साँझ धनवाद एक्सप्रेस रेलमा आगो लागेको हल्ला फैलिएपछि मानिस भागाभाग गर्ने क्रममा दुर्घटना भएको बीबीसीले जनाएको छ।

यात्रु ओर्लेर रेलको लीकतर्फ भाग्दा अर्कातर्फबाट आइरहेको ट्रेनले कुल्चेको प्रत्यक्षदर्शिले जनाएका छन् । भारतमा हरेक वर्ष हुने यस्ता रेल दुर्घटनामा थुप्रैंले ज्यान गुमाउने गरेका छन् । गएको वर्ष निकालिएको एक रिपोर्टमा भारतमा हरेक वर्ष करिब १५ हजार व्यक्ति रेलसम्बन्धि दुर्घटनामा परेर मारिने जनाइएको छ ।

प्रतिक्रिया