“नेकपा–माओवादीलाई जसरी पनि समेट्नुपर्छ”

ishowarकाठमाडौं, १७ कात्तिक । एमाले काठमाडौं–५ का प्रत्यक्षतर्फका उम्मेदवार ईश्वर पोखरेलले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई जसरी भए पनि आगामी संविधानसभामा समेट्नुपर्ने बताएका छन् । एमाले महासचिव पोखरेलले उक्त दलका जायज एजेन्डालाई नयाँ संविधानमा प्रतिविम्बित गर्नुपर्ने बताएका छन् । काठमाडौं–५ निर्वाचन परिचालन कमिटीले शनिबार सम्पूर्ण शाखामा एकैसाथ आयोजना गरेको ‘वृहत् चुनावी पदयात्रा’ कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘यसका लागि संविधानसभामा उहाँहरूलाई पनि समेट्नु पर्छ,’ उनले भने ।

आºनो पार्टी निर्वाचनरूपी लडाइँमा होमिएको भन्दै नेता पोखरेलले यो लडाइँ जसरी पनि एमालेले नै जित्नुपर्ने जिकिर गरे । ‘एमालेले जिते देशले लोकतान्त्रिक र प्रगतिशील संविधान पाउँछ र मुलुकमा आर्थिक समृद्धिको ढोका खुल्छ,’ पोखरेलले भने, ‘त्यसकारण एमालेलाई जिताउनुस् ।’ काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँ डबलीबाट सुरु भएको पदयात्रामा सांस्कृतिक झाँकी, विविध भेषभुषासहित सयाँै जनता सहभागी थिए । पदयात्रामा उक्त क्षेत्रका राष्ट्रिय जीवनमा ख्यातिप्राप्त उद्यमी, बुद्धिजीवी, कलाकार, वकिल, पत्रकारलगायत सहभागी थिए ।
हाँडीगाउँको पदयात्रापछि पोखरेल कामपा–४ स्थित धुम्बाराहीको पदयात्रामा सहभागी भएका थिए । सो पदयात्राका दौरान कामपा–४ का वाइसिएल वडा इन्चार्ज इन्द्रलाल श्रेष्ठसहित १९ जना एमालेमा प्रवेश गरेका थिए । कामपा–२ को पदयात्रा लाजिम्पाटमा, कामपा–३ को पदयात्रा रानीबारीमा, धापासीको पदयात्रा धापासी हाइटमा, खड्का भद्रकालीको पदयात्रा गोल्फुटारमा गरिएको थियो । पोखरेल यी सबै पदयात्रामा सहभागी थिए । यात्राका दौरान स्थानीयले सो क्षेत्रका उम्मेदवार पोखरेललाई स्वागत गरेका थिए । पदयात्राको समापनमा पासीकोटमा आयोजित कोणसभालाई पनि नेता पोखरेलले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया