अब कांग्रेसको नेतृत्व : सिंह

Prakashman-Shingकाठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले मुलुकमा विद्यमान राजनीतिक अन्योलता तथा संक्रमणकालको अन्त्यका लागि आफ्नो पार्टीको नेतृत्व आवश्यक रहेको बताएका छन् । बानेश्वर स्पोर्ट क्लबले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय राजनीतिमा कांग्रेसको अनुभव तथा लोकतन्त्रप्रतिको प्रतिबद्धताका कारण अहिले सो पार्टीप्रति जनलहर देखिएको बताए ।
महामन्त्री सिंहले देशव्यापी रूपमा कांग्रेसका पक्षमा देखिएको जनलहरले एमाओवादी कार्यकर्ताले विभिन्न जिल्लामा कांग्रेसका नेतामाथि गरेको आक्रमणको निन्दा गर्दै त्यसको अविलम्ब छानबिन गर्न माग गरे । उनले मुलुकमा लोकतान्त्रिक संविधान जारी गरी देशमा आर्थिक प्रगति कायम गरी सामाजिक रूपान्तरण गर्नका लागि आफ्नो पार्टीसँग सही दृष्टिकोण रहेको उल्लेख गर्दै त्यसलाई आम जनतासम्म प्रचार गर्न आफू तिहारपछि देशव्यापी रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौं–१ का उम्मेदवारसमेत रहेका महामन्त्री सिंहले एकल जातीय पहिचानका आधारमा संघीयतामा जाँदा देश विभाजित हुनसक्ने हुँदा आफ्नो पार्टीले बहुजातीय संघीयताको पक्षमा रहेको उल्लेख गरे । (सौस)

प्रतिक्रिया