संयुक्त स्वामित्वमा लिखत शून्य

कञ्चनपुर : जिल्ला मालपोत कार्यालय कञ्चनपुमा हालसम्म एक जनाले पनि घरजग्गामा संयुक्त स्वामित्व लिखित गरेका छैनन् ।
सरकालले घरजग्गामा महिला र पुरुषको समान अधिकार कायम गराउने उद्देश्यले ल्यायको योजनामा कञ्चनपुरका महिला भने पछाडि परेका छन् । सरकारले आºनो घरायसी सम्पत्तिलाई श्रीमान्को नाममा रहेको घर जग्गाको स्वामित्व परिवर्तन गरी श्रीमतीको नाम समावेश गरी संयुक्त स्वामित्वका रूपमा लिखित गर्ने व्यवस्था लागू गरे पनि कञ्चनपुर मालपोत कार्यालयमा भने चालु आवको हालसम्म एक जनाले त्यस्तो लिखत नरहेको जनाइएको छ ।
सरकारले आर्थिक ऐन २०६८ मा यस्तो व्यवस्था गरी २०६८ साउन १ गतेदेखि लागू गरेको भए पनि सेवाग्राही जनतामा र विशेष गरी महिलामा चासो नहुादा उनीहरू संयुक्त स्वामित्व लिखत गर्न नआउने गरेको मालपोत कार्यालय कञ्चनपुरका प्रमुख विशनसिंह थापाले बताए । प्रमुख थापाले प्रत्येक सेवाग्राहीलाई यससम्बन्धी जानकारी गराए पनि कसैले चासो नदिने गरेका कारण हालसम्म एक जनाले पनि संयुक्त स्वामित्वमा लिखत नगरेको बताए ।
सम्पत्ति रोक्काका लागि ठाडो निवदेन दिने गरे पनि त्यो कानुन सम्बद्ध नभएकाले संयुक्त स्वामित्वमा लिखत गर्न आग्रह गर्दा पनि स्वामित्वकर्ताले चासो नदिने गरेको बताए । घरजग्गामा संयुक्त स्वामित्व लिखत गरेवापत एक सय लाग्ने गर्दछ । संयुक्त सम्पत्ति विवरणमा उल्लेख नगरिए पनि महिलाले आºनो नाममा मात्रै जग्गा नामसारी गर्नेको सङ्ख्यामा वृद्धि भएको मालपोत कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरमा घरजग्गा आºनो नाममा नामसारी गर्ने महिलाको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि हुन थालेको छ ।
प्रमुख थापाका अनुसार चालु आव असोज मसान्तसम्ममा कञ्चनपुरका गाविसका ९ सय ६६ र नगरपालिका क्षेत्रका ७८० महिलाले घरजग्गा आºनो नाममा नामसारी गरेका छन् । गाविसका महिलालाई ३० प्रतिशत र नगरपालिका क्षेत्रका महिलालाई २५ प्रतिशत राजस्वमा छुट हुने गर्दछ । (सौस)

प्रतिक्रिया