काठमाडौं, १५ कात्तिक । हेलो सरकारको दुई वर्षको अवधीमा झण्डै २६ हजार गुनासोहरु आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
हेलो सरकार २०६८ कात्तिक–१७ गते देखि प्रारम्भ भएको थियो । २०७० असोज मसान्तसम्मको करिव दुई वर्षको अवधिमा २६ हजार ९४ वटा गुनासो प्राप्त भएको आज (शुक्रबार) जारी विज्ञप्तिमा उल्लेख छ ।
प्राप्त गुनासो मध्ये २५ हजार ४ सय २ वटा फछ्यौट भै सकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि वास्कोटाले वताए ।
हेलो सरकारको पहलमा राहदानी प्राप्तिमा ढिलासुस्तीको अन्त्य, विग्रिएको टेलिफोन सेवालाई मर्मत, थुनिएको खोला खोल्ने विद्युत सेवालाई मर्मत, नागरिकता प्रभाणपत्रमा थर थप, यात्रु वाहक वसको छतमा जोखिमपूर्ण ढंगले राखिएका माल सामान ओह्राल्ने, अस्पतालमा रोगीलाई उचित सेवा प्रदान, वृद्ध भत्ता विवरणलगायतका काम गरेको विज्ञप्तिमा जनाईएको छ ।
प्रतिक्रिया