भक्तपुरमा मुख्य चार पार्टीबीच चुनावी टक्कर

bhaktapur

भक्तपुर

भक्तपुर , १५ कात्तिक । संविधान सभा निर्वाचनमा भक्तपुरको क्षेत्र नम्वर १ मा चार राजनीतीक दलहरु विच प्रतिस्प्रर्धा हुने भएको छ । विगतको निर्वाचनमा जिल्लाको दुई क्षेत्रमा जित हासिल गरेको नेपाल मजदुर किसान पार्टीलाई यस पटक निकै कडा चुनौतीको सामना गर्न पर्ने देखीएको छ ।

नेमकिपाले २०६४ सालको निर्वाचनमा विजय भएका उम्मेदवारलाई नै यो पटक पनि चुनावी मैदानमा पठाएको आफ्नो जित हुनेमा ढुक्क छ । तर अन्य राजनीतीक दलका प्रतिस्प्रर्धीले भने सधै एउटैको जितले जिल्लामा विकाश निमार्णका साथै अन्य क्षेत्रमा पनि परिर्वतन नभएको भन्दै
आइरहेका छन् ।
भक्तपुर क्षेत्र नम्वर १ मा नेपाल मजदुर किसान पार्टीसंग मुख्य प्रतिस्प्रधिको रुपमा नेकपा एमाले , नेपाली कांग्रेस र एकिकृत नेकपा माओवादी रहेको छ । १ नं निर्वाचन क्षेत्रमा नेमकिपाका अध्यक्ष नारायण मान विजुक्छे , एमालेकी रञ्जु नापित , नेपाली कांग्रेसका कृष्णलाल भडेल र एमाओवादीका सानु सुवाल रहेका छन् । यी चार दलहरु बाहेक पनि अन्य दल राप्रपाका रविन्द्र प्रताप शाह, नेकपा माले, संघिय समाजवादी, राप्रपा नेपाललगातका २० दलले उम्मेदवारी दिएका छन् ।
यस निर्वाचन क्षेत्रामा ९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेमकिपाको मुख्य बाहुल्य क्षेत्र मानीएको भक्तपुर र मध्यपुर नगरपालीकामा अन्य दलहरुल पनिे उम्मेदवारी दिएकाले मत बाढीनेमा कांग्रेस ,एमाले र एमाओवादीका उम्मेदवारहरुको सोचाई छ । शान्तीपूर्ण र स्वच्छ प्रतीस्प्रर्धा भए आफुहरुले जित्ने कांग्रेस ,एमाले र एमाओवादीका तिनै पार्टीको दावी छ ।
नेमकिपाले भने विगतमा पनि जनताले आफुहरुलाई जिताएकाले यस पटक विजय हुनेमा कुनै शकां नभएको नेमकिपाका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठले बताए । एमालेको तर्फवाट उम्मेदवार बनेकी रञ्जु नापीतले भने महिलाको हक अधिकार संविधानमा सुरक्षित गर्न महिला नै चाहिने भएकाले यस क्षेत्रबाट आफु विजयी हुने दावी गरिन् । नापितले भनिन् ‘जनताको समस्या समाधान र एउटा महिलाको नेतृत्वलाई पक्कै पनि भक्तपुरले यस पटक स्विकार गर्ने छ ।’
नेपाली कांग्रेसका कृष्णलाल भाडेलले गाउँ र नगरमा समान विकाशको लागि भक्तपुरवासीले परिर्वतन चाहेको दावी गरे । एनेकपा माओवादीका सानु सुवाल भक्तपुरलाई हरेक कोणबाट नमुना जिल्ला र सम्पुर्ण भक्तपुरलाई नै नगर बनाउने लक्ष्य आफनो पार्टीको रहेको बताउँछन् । उनले साँघुरो सोचाई राख्नेहरुका कारणले जिल्लामा विकाश निमार्णले गति लिन नसकेकाले परिवर्तको लागि यो पटक आफ्नो पार्टी विजय हुने बताए । राप्रपाका रविन्द्र प्रताप शाहले युवाहरुको भावनालाई समेटदै आफुले उम्मेदवारी दिएकाले विजय हुने धारण राखेका छन् ।
अन्य साना दलका उम्मेदवारहरु भने जनताले राजनीतीमा परिर्वतन चाहेको भन्दै जनताको घरदैलोमा पुगेर मत मागि रहेका छन् । उनीहरुले ठुला दलका नेताहरुले पटक पटक देश र जनतालाई धोका दिएकाले अब उनीहरुलाई विश्वास गर्ने आधार नभएको दावी गरेका छन् ।
प्रजातन्त्र पूर्नस्थापना पछि २०४८ सालको निर्वाचन देखी नेपाल मजदुर किसान पार्टीले चुनाव जित्दै आएको १ नं. निर्वाचन क्षेत्रमा यस पाली इतीहास रच्ने सुरमा अन्य दलहरु लागी परेका छन् ।
जनताले परिर्वतन खोजेकाले यसपाली आफुले जित्ने निश्चित भएको भन्दै नेकपा एमाले , एनेकपा माओवादी र नेपाली कांग्रेसका नेताहरु जनता माझ मत माग्नको लागि पुगीसकेका छन् । १ नं. निर्वाचन क्षेत्रमा नगरकोट, झौखेल, सुडाललगायतका ८ गाविस र भक्तपुर र मध्यपुर नगरपालीकाको केही वडाहरु पर्ने उक्त क्षेत्रमा ६७ हजार ३ सय ३९ मतदाता रहेका छन् ।

प्रतिक्रिया