सात भाषामा चुनावी पर्चा

ओखलढुंगा, १५ कात्तिक । पहिलो पटक चुनावी प्रचारमा संघीय समाजवादी पार्टी, नेपाल जिल्ला समिति ओखलढुंगाले नेपालीसहित विभिन्न ६ भाषामा पर्चा तथा पोस्टर तयार गरेर प्रचारप्रसार गरेको छ ।

समाजवादी पार्टीले स्थानीय स्तरमा बोलिने मुख्यभाषा नेपाली, बाहिङ, तामाङ, मगर, सुनवार, शेर्पा र बाम्बुले गरी सात भाषामा पर्चा तयार गरि प्रचारप्रसार गरेको सो पार्टीका जिल्ला अध्यक्ष एवं क्षेत्र नं २ का प्रत्यक्ष उम्मेदार धीरेन्द्र रुम्जाली राईले बताए । अध्यक्ष राईका अनुसार विभिन्न आदिवासी जनजातिहरुको आ–आफ्नै भाषामा पर्चा छपाएर चुनावी प्रचार गर्ने आफु नै पहिलो पार्टी भएको बताउँदै आफू पूर्ण समावेशीढंगबाट सबै जातजाति, भाषाभाषीलाई सम्मान गर्दै अगडि बढ्ने बताए ।
अन्य दलहरुले नेपाली भाषामा मात्र पर्चा छापेका छन् । जिल्लामा छरिएर रहेका जातजातिका विभिन्न भाषाको संरक्षण गर्न र मातृभाषामा पर्चा पढ्न सजिलो होस् भनेर मातृभाषामा पर्चा, पोस्टर प्रकाश नगरिएको अध्यक्ष राईको भनाई थियो । संघीय समाजवादीले ओखलढुंगाका बजारदेखि गाउँसम्म सुरु गरेको चुनावी अभियानमा जनताको आकर्षण बढ्दै गएको उनले दाबी गर्दै ५० प्रतिशत भन्दा बढी मतदाता आदिवासी जनजाति रहेकाले विभिन्न जातीय भाषा सहितको चुनावी पर्चा र पोस्टर प्रकाशन गरेको जिल्ला अध्यक्ष राईले जानकारी गराए । सो पार्टीले जिल्लाको निर्वाचन क्षेत्र १ मा जुद्धबहादुर राई र क्षेत्र नं २ मा धीरेन्द्र रुम्जाली राईलाई उम्मेदवारी उठाएको छ ।

प्रतिक्रिया