वैज्ञानिक योजना छ : पोखरेल

Ishowar Pokarelकाठमाडौ, १५ कात्तिक । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जनतालाई सम्बोधन गर्ने संविधान बनाउन र देशलाई सवल बनाउन एमालेसग वैज्ञानिक योजना भएको बताएका छन् ।

काठमाडौा निर्वाचन क्षेत्र नं ५ अन्तर्गत लाजिम्पाटमा बिहीबार आयोजीत चुनावी सभामा बोल्दै महासचिव पोखरेलले राष्ट्रियता, लोकतन्त्र र जनताको अधिकारका पक्षमा लामो समयदेखि सङ्घर्ष गर्दै आएको एमालेसाग वैज्ञानिक दृष्टिकोण रहेको दावी गरे । महासचिव पोखरेलले त्यसैका आधारमा मुलुकमा भएको परिवर्तनको अनुभव जनतालाई हुने गरी संविधान लेखन पूरा गर्न पनि आफुहरु तयार भएको बताए ।
काठमाडौा–५का उम्मेदवार पोखरेलले भने ‘निर्वाचन सम्पन्न भएको वर्षदिनभित्र संविधान जारी गरी मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानका लागि कृषि, पर्यटन तथा ऊर्जा उत्पादनका क्षेत्रमा विकास गरेर स्वरोजगारी अभिवृद्धि गर्ने प्रस्ट दृष्टिकोण एमालेसाग छ ।’
उनले गएको संविधानसभामा लोकतान्त्रिक शक्तिको बहुमत कायम हुन नसकेर बन्दुकका बलमा राजनीति गर्ने शक्ति स्थापित भई उसले लोकतान्त्रिक संविधान निर्माण गर्न अवरोध पुर्‍याएका कारण संविधान जारी हुन नसकेको वताए ।
एमालेलाई बहुमत दिएमा सामाजिक रूपान्तरणसहित राष्ट्र विकास गर्न आफनो दल सक्षम रहेको आश्वासन पनि उनले दिए ।

प्रतिक्रिया