मतदाता भन्छन्–‘पार्टी होइन् उम्मेदवार हेर्छौ’

Chunab Chinhaधनगढी, १४ कात्तिक । मतदान गर्ने दिन आउन १९ दिन मात्र बााकी छ । उम्मेदवार तथा दलका नेताकार्यकर्ताहरु यतिखेर घरदैलो, भेटघाट, सभालगायतका कार्यक्रममा ब्यस्त छन् ।

४ मंसिरमा दोस्रो पटक हुन लागेको संविधानसभा सदस्य निर्वाचनमा चुनावमा होमिएका सवै दल आफूले जित्ने दाबी पनि गरिरहेका छन् । उम्मेदारहरु विभिन्न आश्वासन दिई मतदातालाई आफ्नो पक्षमा तान्न लागिपरेका छन् ।
तर, यसपटकको चुनावमा राजनीतिक दलभन्दा पनि उम्मेदवार हेरेर मतदान गर्ने सर्वसाधरणहरुले बताएका छन् । दलहरुको आश्वासन तथा लहैलहैमा पर्नु भन्दा योग्य र समक्ष उम्मेदवारलाई भोट (मतदान) गर्ने सोच बनाएको धनगढी क्याम्पस रोडका विष्णु खड्काले बताए । चुनावको बेला मात्र मत माग्न आउने नेता भन्दा सधैं आफ्नो गाउठाउमा बस्ने नेतालाई चुनेर पठाए आफूजस्तै सर्वसाधरणहरुलाई धेरै फाइदा हुने खड्काको धारणा छ ।
दल गनेर साध्य छैन् । छरछिमेकमा इमान्दार जनताको दुख बुझेको नेतालाई मत दिने सल्लाह भएको कैलाली बौनियााकी रेखा उपाध्यायले बताइन् । ‘दलले आफूले जारी गरेका प्रतिबद्धताअनुसार कहिल्यै काम नगरेका कारण दिक्क लागि यसपटक उम्मेदरवार हेरी मतदान गर्नेछौं,’ उपाध्यायले भनिन्, ‘कुन उम्मेदवारलाई मत दिदा राम्रो होला भनेर टोलमा छलफल भइरहेको छ ।’
जनतासागै रहेर जनताको सुखदुख बुझेको नेता जिताएर पठाउन पाए जतिबेला पनि भेटेर आफ्नो समस्या राख्न सकिने भएकोले सर्वसाधरणहरु यसपटक पार्टी भन्दाको कस्तो उम्मेदवार छ भनेर ब्यक्ति छनौटतिर लागेका हुन् । जिल्लामा कत्तिको बस्छ ? उम्मेदवार छनौटका मुख्य प्रावधान सामाजिक काममा कत्तिको सरिक हुन्छ ? अरु आचरण कस्तो छ ? भन्ने बनाएको उनीहरु बताउाछन् ।
हरेक दिनजसो टोल, मठमन्दिर तथा कुनै सार्वजनिक ठाउामा भेला भएर पार्टी भन्दा बढी उम्मेदवारको आचरण बारे छलफल गर्नेगरेको कैलाली फूलवारीका हिरेन्द्र नेपालीले बताए । चार पटक मतदान गरिसकेका नेपालीले यसअघि पार्टीका कुरा सुनेर मत दिएको तर यसपटक भने टोलमा छलफल गरेर राम्रो र योग्य उम्मेदवारलाई मतदान गर्ने बताए । काग्रेस कम्प्युनिष्ट र अरु कसैको पार्टीको सिद्धान्त भनेको जनतालाई झुक्याउने ललिपप रहेछ । जनता पनि केही कुरा बुझ्ने भइसकेकोले यो पटकको निर्वाचन परिणाम सोचे भन्दा विलकुल फरक आउने नेपालीको भनाइ छ ।
हरेक चुनावमा मतदान गरेकै छौं । कसैले केही गरेनन् । खाली भोट (मत) मात्र माग्न आउाछन् । त्यसपछि नेताहरु आफ्नो गाउाठाउामा कहिल्यै फर्केर नआएको धनगढीस्थित पूरानो एयरपोर्टको मुक्तकमैयाा शिविरमा बस्ने जुगराम चौधरीले बताए । भोट हालेर के हुन्छ ? चौधरीले प्रतिप्रश्न गरे । भोट माग्न आउादा मुक्त कमैया लगायतका समस्या समाधान गरिदिन्छु भनेर आउने तर जितेर गएपछि एकपटक फर्केर नआएको उनले दुखेसो पोखे ।
यसअघि पनि भोट हालेकै हौं हाम्रो दुखकष्ट कसैले बुझेन् । यो पटक जसले हाम्रो समस्या बारे स्पष्ट लिखित रुपमा दिन्छ उसैलाई भोट दिने रिक्सा चलाएर दैनिक छााक टारिरहेका सोही शिविरमा बस्ने प्रेम चौधरीले भने । पछाडि परेका समुदायलाई केही राहत दिनुको सट्टा नेपाल बन्द गरेर आफूजस्तै मजदूरी गरेर खानेलाई उल्टै दुख दिने पार्टीलाई भोट हाल्नु भन्दा उम्मेदवार हेरेर हाल्न चौधरीले सबैलाई आग्रह गरे ।
जनतालाई पार्टीले केही गर्छन् भन्ने विश्वास नलागेर यसपटकको चुनावमा को कस्तो छ भनेर पार्टी भन्दा उम्मेदवारको लेखाजोखा गर्न लागेको विश्लेषकहरुको भनाइ छ । दलिय व्यवस्था भएको मुलुक भएकोले दलहरुलाई नकार्न सकिादैन् । तर, दलहरुले लामो समयसम्म सहमती सहमती भनेर सहमती पनि गर्न नसक्ने अर्कोतिर जनताको लामो समयदेखिको चाहान, भावना बमोजिम काम नभएकोले दलहरुप्रति नकरात्मक हुनेपुगेको कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तथा राजनीतिकशास्त्रका प्राध्यापक सुरेन्द्र चन्दले बताए ।
दलहरुप्रति जनतामा रहेको नकरात्मक धारणा हटाउनप्रत्यक्ष देखिने खालको कार्यक्रम गर्नसकेको भए जनतामा यस्तो धारणा आउने थिएन् क्याम्पस प्रमुख चन्दले भने ।

प्रतिक्रिया