सेराटनले एकमुष्ठ कर तिर्यो

Sheraton Hotelकाठमाडौं, १४ कात्तिक । गैरआवासीय नेपाली संघ(एनआरएन) का अध्यक्ष शेष घलेको पाचतारे सेराटन होटलले घरजग्गा कर र मालपोत बापत ४ करोड ३६ लाख रुपैया एकमुष्ठ तिरेको छ ।

सेराटनको लगानीकर्ता एमआईटी ग्रुप होल्डिङ नेपाल प्रालिले बुधबार काठमाण्डौं महानगरपालिका वडा २९ कार्यालयमा करबापतको रकम बुझाएको हो । प्रत्यक्ष वैदेशिक लगानीमा खुल्न लागेको कुनै पनि कम्पनीले एकमुष्ठ घरजग्गा कर तिरेको सम्भवत: यो पहिलो भएको एमआईटीका अपरेशन म्यानेजर सुरेश चित्रकारले बताए । होटलको निर्माण सेराटनको मापदण्ड र निर्देशिकाअनुसार हुनुपर्ने भएकाले डिजाइनको विभिन्न पक्षमा करिब १० वटा अन्तर्राष्ट्रिय परामर्शदाताले काम गरिरहेको अध्यक्ष घलेले बताए ।

प्रतिक्रिया