सङ्क्रमणको अन्त्य हुन्छ : ओली

K-P-Goliदमक, १४ कात्तिक । नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले संविधानसभाको निर्वाचनपछि मुलुकमा राजनीतिक स्थायित्व कायम हुनुको साथै लोकतान्त्रिक प्रक्रियाले गति लिने विश्वास व्यक्त गरेका छन् ।
झापाको तोपगाछीका विभिन्न चुनावी कार्यक्रममा नेता ओलीले अघिल्लो संविधानसभाको निर्वाचनमा एमाओवादीले धाकधम्कीको भरमा निर्वाचन जितेको र लडाकुको नाममा एकीकृत माओवादीले अर्बौं रुपैयाा भ्रष्टाचार गरेको आरोप लगाएका थिए । उनले संविधानसभाको निर्वाचनपछि मुलुकमा सङ्क्रमणकालको अन्त्य हुने र नयाा संविधान जारी हुनसमेत बताए ।
उक्त कार्यक्रममा नेता ओलीले स्थानीय मतदातासाग यस क्षेत्रको विकास निर्माणमा आफूले काम गरेको दाबी गर्दै अब संविधान निर्माणसागै यस क्षेत्रको हरेक काममा आफ्नो उपस्थिति हुने जनाए ।
तोपगाछीका डयाङ्ग्रे, समयगढ, छलफल चोक, जीवन चोक लगायतका क्षेत्रमा घरदैलो कार्यक्रममा उनले स्थानीय विकास निर्माणका समस्याको समेत अवलोकन गरी सहयोग पुर्‍याउन पहल गर्ने बताए ।
मङ्गलबारदेखि एमाले नेता ओलीसहितका प्रचार टोलीले तोपगाछीमा घरदैलोसहित चुनावी अभियान सञ्चालन गरेको क्षेत्रीय प्रचार संयोजक देवेन्द्र दाहालले जानकारी दिए । दमक नगरपालिका–१३ का किराात चोक, इन्ऽेणी टोलमा मत माग्दै अन्तक्र्रियासमेत गरिएको वडा कमिटी अध्यक्ष खगेन्द्र अधिकारीले बताए । यस्तै दमक–१० को गुम्बा टोलमा समेत घरदैलो निरन्तर भइरहेको पार्टीले जनाएको छ ।
यस्तै नेकपा झापा एमाले क्षेत्र नम्बर ६ ले चुनावी प्रचारलाई निरन्तरता दिने क्रममा खजुरगाछी गाविसमा घरदैलो कार्यक्रम जारी राखेको छ । चुनावी प्रचारप्रसार कार्यक्रमअन्तर्गत खजुरगाछी गाविसका विभिन्न स्थानमा चुनावीसभा तथा घरदैलो कार्यक्रम सम्पन्न भएको हो । एमाले उम्मेदवार दीपक कार्कीले वडा नम्बर ४ को चिलहारा, मुसहर बस्ती र सन्थाल बस्तीमा गएर त्यहााका समस्याका बारेमा समेत जानकारी लिादै आफूले काम गरेर देखाउने दाबी गरेका छन् ।

प्रतिक्रिया