आक्रमणकारीलाई कारबाही गर : कांग्रेस

काठमाडौं, १३ कात्तिक । नेपाली कांग्रेसले मुलुकका विभिन्न निर्वाचन क्षेत्रमा विपक्षीहरूले आºना कार्यकर्ता र समर्थकलाई कुटपिट तथा सांघातिक आक्रमण गरेको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेको छ ।

कांग्रेसले आºना नेता तथा कार्यकर्तालाई उचित सुरक्षा दिन पनि सरकारसँग माग गरेको छ । मंगलबार राजधानीमा बसेको सो दलको निर्वाचन सुरक्षा समन्वय समितिको बैठकले यस्तो माग गरेको हो । बैठकपछि विज्ञप्ति जारी गर्दै कांग्रेसले आचारसंहिता पालना गराउन निर्वाचन आयोगलाई पनि गम्भीर हुन ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तिमा आºना कार्यकर्तालाई सांघातिक आक्रमण गर्ने एमाओवादी कार्यकर्ताबारे ध्यानाकर्षण गराउँदासमेत सरकारले कुनै कारबाही नगरेको आरोप कांग्रेसको छ । रुकुम, सिन्धुली, बागलुङ, नुवाकोटलगायत क्षेत्रमा आºना कार्यकर्तामाथि एमाओवादीले आक्रमण गरेको कांग्रेसको आरोप छ । ‘कांग्रेस जनताको शान्तिपूर्ण मतदान गर्ने अधिकार र स्वतन्त्रतापूर्वक पार्टी र विचार रोज्ने अधिकारको पूर्ण सम्मान गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण प्रतिस्पर्धा र निर्वाचन आचारसंहिताको सबैले पूर्ण पालना गर्नुपर्छ ।’
कांग्रेसले निर्वाचन बहिष्कारको घोषणा गरेको वैद्य नेतृत्वको नेकपा–माओवादीलगायत दललाई शान्तिपूर्ण विरोध गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया