उम्मेदवारी खारेजीसम्मको हिम्मत राख्नु पर्छ

Elecatation Commisationकाठमाडौं, ८ कात्तिक । निर्वाचन पर्यवेक्षणमा सरोकार राख्नेहरुले निर्वाचन आयोग सकृय हुन नसक्दा आचार संहिता प्रभावित भएको आरोप लगाएका छन् ।
आयोगलाई उनीहरुले कसैको प्रभावमा नपरेर निर्वाचनको तयारी र आचार संहिता कार्यान्वयर्न गर्न सुझाव दिए । ‘निर्वाचन आयोग सकृय हुन सकेन,’ उनीहरुले भने, ‘आचार संहित उलंघन गर्नेको उम्मेदवारी खारेज गर्ने हिम्मत राख्नु पर्छ ।’

‘आम निर्वाचन पर्यवेक्षण समिति/नेपाल’ले आज (शुक्रबार) काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष हिमालय शम्शेर राणाले आयोगका पदाधिकारी जिम्मेवार रुपमा सक्रिय हुन नसकेको आरोप लगाए । ‘आचार संहिता उलंघनका घटना दैनिक बढ्दै आएका छन्,’ उनले भने, ‘आयोग सक्रिय हुन नसक्दा मतदातामा भय उब्जीएको छ ।’

केही ठूला दलका नेताहरुको प्रभावमा परेर आयोगले आचार संहिता खुकुलो बनाएको उनको भनाई छ । ‘हेलिकप्टर चढ्न दिने कुराले आचार संहिता उलंघन भएको छ,’ राणाले भने ।

पूर्व गृह सचिव उमेश मैनालीले आयोगले सार्वजनिक गरेको आचार संहिता अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नरहेको बताए । ‘आयोगको आचार संहिता अन्तर्राष्ट्रिय मापदण्डको छैन,’ उनले भने, ‘आफू अनुकुल आचार संहिता पनि आयोगले कार्यान्वयन गर्न सकेन ।’

पूर्व गृह सचिव मैनालीले निजी क्षेत्रलाई आचार संहिताले बाँध्न नसकेको बताए । ‘ठूला दलका एक नेताले दवाव दिएको भरमा हेलिकोप्टरमा उडान भर्न दिईएको छ ।’

उम्मेदवारलाई दश लाखसम्म मात्रै खर्च गर्न दिने आयोगको निर्णय अव्यवहारिक रहेको मैनालीको भनाई छ । ‘दश लाखले यो जमानामा केही पनि हुन सक्दैन,’ उनले भने, ‘यसैमा आयोग चुकेको छ ।’

‘आचार संहिता बनाउने बेलामा सबै विषयलाई गम्भीर रुपमा लिएर ब्याख्यासहित बनाएको भए यो अवस्था आउँदैन थियो,’ पूर्व गृह सचिव मैनालीले भने ।

समितिले आयोगले खर्चको विवरण माग्ने तर दलहरुसँग रकम आएको स्रोत नखोज्ने कार्यले पनि समस्या बनाएको जनाएको छ ।

प्रतिक्रिया