अल्लोको कपडा उत्पादनमा महिला

दार्चुला : सुदूरपश्चिमका महिलाह्ररु अल्लोको कपडा उत्पादनतर्फ लागेका छन् । यस्तै सुदूरपश्चिमको केन्द्रबिन्दु मानिने डडेल्धुरा जिल्ला गााखेत गाविसका महिलाको सक्रियताबाट स्थानीयस्तरमा पाइने अल्लोको बोटबाट लोक्ता, धागो र कपडा उत्पादन गर्दै आएका छन् ।
सल्लेरी प्रशोधन साझा समूह कमलपुर, गााखेतका २६ जना महिलाले विगत तीन वर्षदेखि स्थानीय सामुदायिक वन तथा अन्य ठाउामा पाइने अल्लोबाट कपडा तथा धागो बनाउने गरेको समूहकी सदस्य कुन्तीघर्ती मगरले बताइन । समूहका महिलाले फुर्सदको समयमा गरिने कामबाट जीविकोपार्जन चलाउादै आएका छन् । दिउासो १२ बजेसम्म घरको काम भ्याएर त्यसपछिका समयमा समूहका सबैजना एकजुट भएर काम गर्ने गरेका छन् ।
समूहका दैनिक जस्तो अल्लोको धागो प्रतिकेजी ६ सय देखि ९ सय सम्म बिक्री गर्दै आएका छन् । अहिले अल्लोबाट उत्पादन गरेको कपडा प्रतिमिटर ४ सय देखि ७ सय सम्म बिक्री गरिरहेको उनले बताइन ।
मौसमअनुसार अल्लोको प्रयोगबाट कपडा उत्पादन हुन थालेपछि ठूलाबडाले समेत अल्लोबाट उत्पादन भएको कोट पाइन्टसमेत लगाएका पाइएको छ । यसलाई ग्रामीण क्षेत्रमा मात्र नभई यसको प्रयोग विदेशमा बढी चासो फेसनसमेत बढ्नसक्ने सम्भावना छ । (सौस)

प्रतिक्रिया