लागूऔषध मिसाएर दिन खोज्ने बालक पक्राउ

धनगढी, २५ असोज । बिहीबार दिउसो जिल्ला प्रहरी कार्यालयमा निकै चहलपहल थियो । कोही आफ्ना समस्या प्रहरी समक्ष राख्दै थिए, कोही मुद्दा मामिलामा ब्यस्त भने कोही थुनुवाहरूलाई भेटिरहेका थिए ।

दसैंको आगमनसागै संविधानसभा सदस्य निर्वाचन नजिकिदै जाादा प्रहरी दौड धुपमा थिए । दुई बालक पनि एक जना (आफ्न्त) थुनुवालाई भेट्न भन्दै जिल्ला प्रहरी कार्यालय प्रवेश गरे तर, ‘ईन्ट्री’ कक्षले पत्तो नै पाएन ।
उनीहरू नाम दर्ता नगरी थुनुवा कक्ष तिर लागे । हातमा आधा दर्जन केरा लिएर थुनुवा कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मोहनराज जोशीले रोके । प्रहरी उपरीक्षक जोशीले भने–ट्यापे जस्ता देखेपछि रोके । चेकजाच गर्दा त एउटा आलमुनियम पञ्च भेटियो, केरा हेर्दा बीचबीचमा काटेको जोशीले भने कसलाई हो भन्दा थुनुवा कक्षमा रहेको (संजय दाई)लाई दिन लागेको भनेर भनेपछि मलाई झन शंका लाग्यो कतै केरामा लागूऔषध मिसाएको त छैन ।
उनीहरूले थुनुवालाई दिन ल्याएको केरा उनीहरुलाई खान दिएपछि एकै छिनमा दुबै लट्ठ भए । आाखा रातो भयो । जिब्रो लड्बडाएर बोल्न थाले । झुम्म भए । केरामा लागूऔषध पो मिसाइएको रहेछ । केरा खाएपछि दुबै बालक बेहोस भएका छन् । बेहोस भएका बालकलाई प्रहरीले उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा भर्ना गरिएको तर त्यहाा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको चिकित्सकले बताएका छन ।
केरामा के कुरा मिसाएको हो भन्ने खुल्न नसकेको उपचारमा संलग्न चिकित्सक बताएका छन् ।ती बालकहरूले संजयलाई दिन केरामा लागूऔषध मिसाएर ल्याएको खुल्न आयो, प्रहरी उपरीक्षक जोशीले भने, पटकपटक चोरी मुद्दामा पक्राउ पर्ने धनगढी नगरपालिका १, शिवटोलका १७ वर्षीय संजय खडका चार दिनअघि मात्रै मोबाईल चोरीको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
संजयलाई दिन भनेर उनीहरूले केरामा लागूऔषध मिसाएर ल्याएको आधारमा संजय लागूऔषध प्रयोगकर्ता रहेको प्रहरी उपरीक्षक जोशीको भनाइ छ । २५ देखि ३० जनासम्म थुनुवा हुने थुनुवा कक्षमा दैनिक १०/१५ आफ्न्त थुनुवाहरूलाई खानेकुरा लिएर आउने गरेको प्रहरी कार्यालयका गार्ड कमाण्डर अमरसिंह थलालले बताए ।
यसैबीच केरामा लागूऔषध मिसाएर थुनुवालाई दिन गएका बालकहरू पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालयले थुनुवाई बाहिरको खानेकुरा खान रोक लगाइएको छ । आफ्न्त तथा बाहिरबाट अरू कोही कसैले ल्याएको खानेकुरा थुनुवााई नदिन निर्देशन दिइएको प्रउ जोशीले बताए ।
यसअघि कुनैपनि थुनुवाईलाई खानेकुरा दिादा ल्याउने व्यक्तिलाई चखाएर मात्र दिइने गरिन्थ्यो । तर, पछिल्ला दिनहरूमा किशोरकिशोरी तथा युवायुवती लागूऔषध प्रयोगकर्ता बढ्दै गएको र उनीहरुलाई लागूऔषध ओसारपसारमा प्रयोग गर्ने गरिएको प्रउ जोशीले बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार पछिल्ला दिनहरुमा कलिला बालक (१०/११ वर्ष) देखि माथिका युवाहरू गााजा, चरेश, ब्राउनसुगर, हेरोइन आदिको सेवनमा लिप्त रहेको पाइएको छ ।
लागूऔषध नियन्त्रणका लागि विशेष अभियान थालनि गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले साउन १४ यता ३ सय ३८ जना लागूऔषध प्रयोगकर्ता तथा बिक्रेता पक्राउ गरेको छ । प्रहरी उपरीक्षक जोशीका अनुसार ती मध्ये ३ सय ३५ जना १४ देखि २५ वर्ष उमेर समूहका रहेका छन । ११ जना पेशेवरलाई मुद्दा चलाइएको र बााकीलाई अभिभावकको जिम्मा लगाइएको उनले बताए ।

प्रतिक्रिया