राखेपको शुभकामना कार्यक्रम

Rakhepa2काठमाडौ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विजयादशमी, शुभदीपावली र छठ पर्व– ०७० को उपलक्ष्यमा मंगलबार शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्‍यो ।
त्रिपुरेश्वरस्थित राखेपकै ओलम्पियन सेमी कभर्डहलमा भएको कार्यक्रममा राखेप अध्यक्ष युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठ, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्य–सचिव युवराज लामा, कोषाध्यक्ष इन्द्रबहादुर थिङ र सदस्यहरु, युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपाल, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी, कर्मचारी, सञ्चारकर्मीलयायतले एक अर्कालाई शुभकामना दिएका थिए ।
कार्यक्रममा मन्त्री श्रेष्ठले दोश्रो संविधानसभाको निर्वाचन सर्वाधिक सफल, स्वतन्त्र र निष्पक्ष होस् भनी कामना गर्दै खेलक्षेत्रले पनि उल्लेखनिय प्रगति गरोस् भनी कामना गरे ।
उपाध्यक्ष तिम्सिनाले खेल क्षेत्र अझ बढी प्रतिभावान खेलाडी उत्पादन गर्न सफल होस् भनी शुभकामना दिनुका साथै दोश्रो संविधानसभाले संविधान निर्माण सफलता पाओस् भनी शुभकामना दिए ।
सदस्य–सचिव लामाले विगतको तुलनामा अहिले बढी खेलाडी, खेलकर्मी र खेल व्यवस्थापकले निर्वाचनमा सहभागी हुने अवसर पाउनु खेलकुदका लागि सुखद पक्ष भएको बताउदै २७ महिने अवधिमा वर्तमान बोर्डले खेलकुदमा विश्वास र एकता स्थापित गर्न सफल भएको धारणा व्यक्त गरे । उनले अब बाँकी रहेको वर्तमान बोर्डको अवधिमा नेपाली समाज, खेलाडी र सिंगो राष्ट्रले खेलकुदमा सकारात्मक परिवर्तनको अनुभूति गर्ने बताए ।

प्रतिक्रिया