बस्नेत मलेसियाका लागि राजदूतमा नियुक्त

काठमाडौं : राष्ट्रपति डा. रामवरण यादवले डा. निरञ्जनमानसिंह बस्नेतलाई मलेसियाका लागि राजदूतमा नियुक्त गरेका छन् । सरकारले गरेको सिफारिसका आधारमा डा. यादवले बस्नेतलाई मंगलबार राजदूतमा नियुक्त गरेका हुन् । राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार अन्तरिम संविधानको धारा १५० बमोजिम राजदूत नियुक्त गरिएको हो । मलेसियामा नेपाली राजदूत रिक्त थियो । राजदूत नियुक्तिलाई लिएर दबाब भइरहेको थियो । (सौस)

प्रतिक्रिया