कांग्रेस नेता खड्का बुधबार छुट्ने

Khum-Bahadur-Khadkaकाठमाडौं, २१ असोज । कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का सर्वोच्च अदालतको फैसला बमोजिमको कारावास भोगेर असोज–२३ गते बुधबार छुट्दै छन् ।
खड्का बुधबार विहान सवा १० बजे जेलमुक्त हुने डिल्लीबजार कारागार स्रोतले बताएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दामा सर्वोच्च अदालतले खड्कालाई २०६९ साउन ३० गते भ्रष्टाचारी ठहर गरेको थियो ।
न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्षको कैद र ९४ लाख ७४ हजार १ सय २२ रुपियाँ जरिवाना र त्यति नै बिगो तिर्नुपर्ने फैसला गरेको थियो । उनी सर्वोच्च अदालतको फैसला बमोजिम ०६९ भदौ ५ गते जेलमा पुगेका थिए ।

प्रतिक्रिया