प्युठानमा कांग्रेसको सामूहिक राजीनामा

Congress-flagप्यूठान १८ असोज ।नेपाली कांग्रेस प्युठानमा उम्मेदवारी चयनमा विवाद हुँदा जिल्ला कार्यसमितिका धेरैजसो सदस्यले सामूहिक राजीनामा दिएका छन् ।

केन्द्रीय संसदीय समितिले गरेको उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनीहरूले राजीनामा दिएका हुन् । उनीहरूले पार्टीमा लागेका पुराना नेताहरूलाई नदिएर कनिष्ठलाई टिकट दिएको भन्दै २ जनाबाहेक सबैले संयुक्त रूपमा राजीनामा दिएका छन ।
कार्यसमितिका अध्यक्ष सुवास केसी र सहसचिव धनलक्ष्मी श्रेष्ठबाहेक सबैले राजीनामा दिएका छन् । सचिव शिव रिजालको नेतृत्वमा दुई जनाबाहेक सबैले राजीनामा बुझाएका हुन् । समानुपातिकमा सिफारिस परेकी सहसचिव श्रेष्ठले क्षेत्र न २ बाट प्रत्यक्षतर्फको टिकट पाएपछि उनीहरू संयुक्त राजीनामा दिएका हुन् । श्रेष्ठलाई बिहीबार उम्मेदवारी मनोनयन गर्न पनि प्युठान कांग्रेसले सहयोग गरेनन् । समर्थक र प्रस्तावक नभेटिएपछि उनलाई मनोनयन दर्ता गराउन पनि मुस्किल भएको थियो ।
उनलाई अध्यक्षको समर्थन रहे पनि निर्वाचन अधिकृतको कार्यालयमा छिमेकी सूर्यमान श्रेष्ठको प्रस्ताव र दाजु रामकुमार श्रेष्ठको समर्थनमा दिउँसो करिब ४ बजेतिर मात्र विवादका बीच मनोनयन दर्ता गराएकी थिइन् ।

प्रतिक्रिया