अर्थमन्त्रीद्धारा बेरुजुरु उत्पादन नगर्न निर्देशन

Shankar-Koiralaकाठमाडौं, १७ असोज । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले भएको बेरुजु झार्न र थप बेरुजु उत्पादन नगर्न सचिवहरुलाई निर्देशन दिभएका छन् ।
सिंहदरबारमा आज (बिहीबार) बसेको अर्थमन्त्री अध्यक्ष रहेको संवैधानिक निकायको प्रतिवेदन कार्यान्वयन समितिको बैठकमा मन्त्री कोइरालाले नियमित, अनियमित र म्याद नाघेको पेश्की छुट्याएर बेरुजुको वर्गीकरण गर्न आग्रह गरे ।
उनले १५ दिनभित्र बेरुजुको अवस्थाबारे विवरण ल्याउन सचिवहरुलाई निर्देशन दिंदै आर्थिक अनुशासनमा लाग्न आग्रह गरे ।
कृषिमन्त्री टेकबहादुर घर्तीले संसद नभएको अवस्थामा आर्थिक अनुशान कायम गर्नु सरकारको दायित्व भएको बताए ।
बैठकमा उद्योग, उर्जा, रक्षा, शिक्षा, भौतिक पूर्वाधार, सामान्य प्रशासन, मन्त्रिपरिषद् कार्यालयका सचिव सहभागी थिए ।
सार्वजनिक लेखा समिति नभएको अवस्थामा सरकारले बैरुजु फछ्र्यौट गर्न समिति बनाएको छ । अर्थमन्त्री कोइराला अध्यक्ष रहेको समितिमा उर्जामन्त्री उमाकान्त चौधरी र कृषिमन्त्री टेकबहादुर घर्ती सदस्य छन् ।

प्रतिक्रिया