बाल मृत्यूदरको डर लाग्दो आँकडा : कोइराला

Shankar-Koiralaकाठमाडौं, १५ असोज । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले बाल मृत्यूदर कम गर्दै लैजाने राष्ट्रिय प्रतिवद्धता रहेको बताएका छन् ।
दशरथ रंगशालामा आज (मंगलबार) आयोजित कार्यक्रममा मन्त्री कोइरालाले स्वास्थ्यलाई अधिकारका रुपमा स्थापित गराउने तर्फ सरकारको पाइला अघि बढेको बताए ।
‘बाल मृत्यूदरको डरलाग्दो आंकडा केही वर्षयता कम हुँदै गएको छ,’ उनले भने, ‘त्यसलाई न्यून गर्न सबैको प्रयास आवश्यक छ ।’
गाउँगाउँमा स्वास्थ्य सेवा पुर्‍याउने सरकारको लक्ष्यअनुसार स्वास्थ्य सेवा सहज बन्दै गएको भन्दै कोइरालाले सरोकारवाला मन्त्रालयसंग समन्वय गरी बाल स्वास्थ्यप्रति थप जिम्मेवारी बहन गर्ने प्रतिवद्धता जनाए ।
नेपालमा उचित खानपान, स्वास्थ्य समस्याका कारण प्रत्येक दिन ९० शिशुको अकालमा ज्यान जाने गरेको छ ।
जसअनुसार वर्षेनी ३३ हजार बढी नवजात शिशु बाँच्ने अधिकारबाट विमुख हुने गरेको तथ्यांक छ । यो संख्या मध्ये करिब १४ हजार २८ दिन मुनिका हुने गरेका छन् ।

प्रतिक्रिया