शीर्ष नेताहरु देशमा गृह युद्ध चाहन्छन् : केसी

काठमाडौं, १४ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चार राजनीतिक शक्तिका नेताहरु विदेशीको ईशारामा देशमा गृहयुद्ध गराउन खोजिरहेको आरोप लगाएका छन् ।
ललितपुरमा आज (सोमबार) आयोजित कार्यक्रममा अध्यक्ष केसीले शीर्ष नेताहरु विशेदीको ईशारामा चल्न नहुने बताए । ‘विदेशीहरु नेपालमा राजनीतिक स्थायित्व चाहँदैनन्,’ उनले भने, ‘मुलुकलाई बचाउन दलका नेताहरु इमान्दार हुनु पर्छ ।’
उनले नेकपा–माओवादीलगायतका दललाई बाहिर राखेर गरिएको निर्वाचनले मुलकको समस्या समाधान गर्नुको साटो युद्ध निम्त्याउने बताए ।
‘चार दलका शीर्ष नेताहरु बिदेशी प्रभुको इशारामा शक्तिमा पुग्न राष्ट्रियता समेत बेच्न पछि परेका छैनन्,’ अध्यक्ष केसीले भने ।
राजनीतिक, आर्थिक, सामाजिक र भौगोलिक दृष्टिकोणले नेपालमा संघीयता आवश्यक नरहेको समेत उनले बताए ।

प्रतिक्रिया