कार्यक्रम कार्यान्वयन गर्न कोइरालाको निर्देशन

Shankar-Koiralaकाठमाडौं, १३ असोज । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले बजेटमा उल्लेख भएका कार्यक्रमको स्वामित्व ग्रहण गरेर कार्यान्वयन तहमा लैजान नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिएका छन् ।
बजेट कार्यान्वयन र त्यसमा देखिएका समस्याबारे अर्थ मन्त्रालयले आज (आइतबार) सिंहदरबारमा गरेको छलफलमा मन्त्री कोइरालाले दुई महिनाको अवधिमा ९६ प्रतिशत कार्यक्रम स्वीकृति हुनु आपैंmमा सु:खद् भएको बताए ।
संघारमा रहेको चाडपर्व र त्यसपछि आउने संविधानसभाको चुनावले विकास कार्यक्रमलाई प्रभावित पार्न सक्नेमा सचेत हुन आग्रह गरे । उनले भने, ‘असोज–१५ भित्र सतप्रतिशत कार्यक्रम स्वीकृत गराई तोकिएको मंसिर महिनाभित्र सम्पूर्ण ठेक्कापट्टा लगाउने काम सम्पन्न गर्नुहोला ।’

प्रतिक्रिया