दुर्घटनामा एकजनाको मृत्यू/१६ यात्रु घाइते

kailaliधनगढी, ११ असोज । कैलालीको बलिया–९, बलचौरमा बस दुर्घटना हुँदा एकमहिलाको मृत्यू भएको छ भने १६ जना यात्रु घाइते भएका छन् ।
सुर्खेतबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख ८६४० नम्बरको बस पूर्व पश्चिम महेन्द्र राजमार्गको बलचौरमा आज (शुक्रबार) दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा कैलाली साँडेपानी–४ की ४० वर्षीया नन्नादेवी बडाराको मृत्यू भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
दुर्घटनामा सुर्खेत लाटीकोइलीकी १८ वर्षीया अस्मिता थापा र सुर्खेतकै ६० वर्षीया तुलसी चपाईं तथा कैलाली प्रतापुर गाविस खरौलाकी २२ वर्षीया विनिता न्यौपाने गम्भीर घाइते भएको प्रहरी निरीक्षक हेम शाहीले बताए । गम्भीर घाइते तीन जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
दैलेख पादुका नन्दराम सार्की, कैलाली पथरैया–अमरावतीकी बालिका सीता गिरी, साँडेपानी–४ की पवित्रा पाण्डेय, सुर्खेत वीरेन्द्रनगरकी लीला शाही, छाप्रेकी माईली भण्डारी, तातापनीकी खेमा पौड्याल, वेतानकी गोमा थापामगर, वीरन्द्रनगरकी पुष्पा खनाल, मनरुपा लामिछाने, अछाम भैरवस्थानकी संगीता पाण्डेय र छाप्रकी नौं बर्षीया गीता भण्डारी पनि दुर्घटनामा परी घाईते भएकी छन् ।

प्रतिक्रिया