कांग्रेसमा यूवालाई टिकट देउ : तरुण दल

Nepal-Tarun-Dalकाठमाडौं, ८ असोज । नेपाल तरुण दलले मंसिर–४ को चुनावमा बढी भन्दा बढी यूवाहरुलाई उमेदवार बनाउन कांग्रेससँग माग गरेको छ ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर तरुण दलले कांग्रेसलाई बहुमत दिलाउनका लागि यूवाहरुलाई टिकट दिनुपर्ने माग गरेको हो । टिकट पाएमा अधिकांस यूवाले जित हासिल गर्ने तरुण दलको भनाई छ ।
‘कुल मतदाता मध्ये ५५ प्रतिशत यूवाहरुको संख्या छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसले यूवालाई टिकट दिए आधा स्थानमा प्रत्यक्ष तर्फ जितहासिल हुन्छ ।’
तरण दलले कांग्रेसका ७ लाख सदस्यलाई निर्वाचनमा पूर्ण रुपमा परिचालन गर्ने जनाएको छ । मतदाता सुरक्षाका लागि प्रत्येक निर्वाचन क्षेत्रलाई लक्षित गरी ईलाका स्तरीय तरुण घुम्ति टोलि र प्रत्येक बुथमा राख्ने गरी तरुण बुथ स्वयं सेवक टोलि गठन गर्ने विज्ञप्तीमा जनाईएको छ ।
तरुण दलका अध्यक्ष उदय शम्शेर राणाले यूवा मतदाताहरुले नयाँ र यूवा उमेदवारको खोजी गरिरहेको बताए ।

प्रतिक्रिया