नौ महिनादेखि हवाई उडान अवरुद्ध

रुकुम, ८ असोज । तीन महिनाका लागि भन्दै बन्द गरिएको जिल्लाको हवाई उडान अझै सुचारु हुन सकेको छैन । पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा सदरमुकाम खलङ्गामा रहेको सल्ले एयरपोर्ट पक्की बनाउन भन्दै गत २५ माघ देखी सदरमुकाममा हुने सम्पूर्ण हवाई उडान बन्द गरिएको थियो ।

विमानस्थल कालोपत्रेको जिम्मा लिएको कम्पनीले विभिन्न बहाना गर्दै काम गर्न ढिलाइ गरिरहेको छ । आºनो स्वार्थको लागि कम्पनीले विमानस्थल कालोपत्रे गर्न ढिलाइ गरेको आरोप सर्वसाधारणले लगाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय बबरमहलले तीन महिनाका लागि सदरमुकाममा कुनै पनि हवाई उडान नहुने भन्दै सूचना जारी गरी जिल्लाको हवाई उडान बन्द गराएको थियो ।
तीन महिनासम्मको लागि विमानस्थल बन्द गरिएको भनिए पनि त्यसपछि विमानस्थल कालोपत्रेको काम कति भयो, कति बााकी छ भन्नेबारे कुनै जानकारी नपाउादा विमानस्थल सुचारु हुने नहुनेबारेमा अन्योलता बढेको छ । सडक यातायातको यात्रा कष्टकर हुने तथा विमानबाट समेत यात्रा गर्न नपाउने भएपछि यात्रु समस्यामा परेका छन् । विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा पनि हेलचेक्रयाइ भइरहेको गुनासो सर्वसाधारणको छ ।
सदरमुकाममा विमान सेवा अवरुद्ध हुादा यसबीचमा सर्वसाधारण महागो शुल्क तिरेर हेलिकोप्टर चार्टर गर्न बाध्य भएका छन् । जटिल किसिमका बिरामीलाई जिल्ला बाहिर लैजाादा नौ महिनाको अवधिमा व्यक्तिगत रुपमा नै दुई दर्जनको हाराहारीमा हेलिकोप्टर चार्टर भएका छन् ।
सल्ले विमानस्थलमा काठमाडौा र नेपालगन्जबाट हरेक सातामा पााच वटा उडान भरिादै आएको थियो । पर्यटन मन्त्रालयले सो विमानस्थल कालोपत्रे गर्न रु सात करोड विनियोजन गरेको छ ।

प्रतिक्रिया