टानद्वारा १२ नयाँ पदयात्रा मार्गको पहिचान

tanकाठमाडौं, ५ असोज । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल(टान)ले विगत दुई वर्षमा १२ वटा नयाँ पदयात्रा मार्गको पहिचान गरी नक्सांकन गरेको छ । हुम्ला, मुगु, रारा, खप्तड, जलजलालगायतका १२ वटा पदयात्रा मार्गको पहिचान गरी नक्सांकन र भिसिडी तयार पारेको हो ।

पदयात्रा पर्यटन प्रवद्र्धनका लागि देशको पश्चिमी क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्यस्थल पदयात्रा मार्गको पहिचान गरेको टानले जनाएको छ । टानको ३५ आँै वार्षिक अधिवेशनको शुभारम्भको अवसरमा शुक्रबारआयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुशील घिमिरेले सो पदयात्रा मार्गको नक्सांकन र भिसिडीको विमोचन गरे ।
कार्यक्रममा सचिव घिमिरेले मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रको हिमालका आरोहणमा सरकारले सलामी दस्तुर मिनाहा गरेकाले यस पदयात्रा मार्गबाट त्यसक्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न ठूलो सहयोग पुग्ने बताए । नेपालको पहिचान नै पर्वतीय र पदयात्रा पर्यटन हो भन्दै सरकारले पदयात्रा पर्यटनलाई बढी सुरक्षित बनाउन निजी क्षेत्रसँग सहकार्य गरी सूचना प्रविधिको अधिकतम सदुपयोग गर्न लागेको उनले बताए । त्यस्तै टानका अध्यक्ष महेन्द्रसिंह थापाले पदयात्रा क्षेत्रमा पर्यटक बढेको तथ्यांक रहे पनि सरकारको राजस्व नबढेकाले गैर कानुनी पदयात्रामा जाने कार्य रोकिनुपर्ने माग गरे ।

प्रतिक्रिया