अन्तरिम संविधानमा ‘६०१’ एक प्रवेश

Ca Member Logoकाठमाडौं, १ असोज । राष्ट्रपति डा.रामवरण यादवले आगामी संविधानसभा ६ सय एक बनाउन सरकारले सिफारिस गरेको अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपति कार्यालयद्वारा आज (मंगलबार) जारी विज्ञप्ति अनुसार संविधानसभा ६ सय एक बनाउने अध्यादेश स्वीकृत गरिएको हो ।
अघिल्लो संविधानसभा पनि एक सय ६ सदस्सीय थियो । ६ सय एक सदस्य संख्याको चौतर्फी विरोध पनि भएको थियो ।
अन्तरिम संविधानको धारा ६३ को उपधारा ३ बमोजिम कायम रहेको संविधानसभाको सदस्य संख्या छ सय एक रहने गरी नेपाल सरकारले गरेको सिफारिसलाई धारा १ सय ५८ बमोजिम बाधा अड्काउ फुकाउन आदेशले संशोधन गरिएको हो ।

प्रतिक्रिया