काठमाडौं, १ असोज । उच्चस्तरीय राजनीतिक समितिको सुझाव अुनसार सरकारले आगामी संविधानसभामा पुरानै सिट संख्या राख्ने निर्णय गरेको छ ।
काठमाडौंमा आज (मंगलबार) बसेको मन्त्रिपरिषद बैठकले ६ सय १ सभासद संख्या राख्ने समितिको निर्णयलाई अनुमोदन गरेको हो ।
संघीय लोकतान्त्रिक मोर्चा र संघीय समाजवादी पार्टीबीच भएको सहमति अनुसार संविधानसभामा ६ सय १ सदस्य बनाउने निर्णय भएको थियो । सोही प्रावधानलाई राख्न सरकारले अन्तरिम संविधान संशोधनका लागि राष्ट्रपति समक्ष अध्यादेश सिफारिस गरेको छ ।
बाधा अड्काउ फुकाउ आदेश अन्तर्गत संविधान संशोधन गरेर ६ सय १ को पुरानै व्यवस्था राख्न लागिएको हो ।
समितिले संविधानसभामा ४ सय ९१ सिट संख्या राख्ने निर्णय गरेका थिए । यद्यपि, असन्तुष्ट दलहरुसँगको वार्ताका क्रममा सिट समितिमा रहेका प्रमुख दलहरु आफ्नो पुरानो संख्यामा कायम रहन सकेनन् ।
प्रतिक्रिया