बाबु समानुपातिकमा / छोरा सुनिल प्रत्यक्षमा

Surya-Bd-Thapa-Ji

काठमाडौं, १ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी संविधानसभा चुनावका लागि चासील जिल्लामा प्रत्यक्ष तर्फका उम्मेदवारहरुको नाम टुङ्गो लगाएको छ ।
राजधानीमा आज (मंगलबार) बसेको संसदीय समितिको बैठकले चालीस जिल्लामा उम्मेदवारको चयन गरेको हो । प्रचार–प्रसार समितिका सह–संयोजक किरण गिरीका अनुसार बिहीबारसम्म बस्ने समितिले २ सय ५ निर्वाचन क्षेत्रमा उम्मेवार टुङ्गो लगाउने छ ।
राप्रपा अध्यक्ष सूर्यबहादुर थापालाई समितिले समानुपातिकमा राखेको छ । स्रोतका अनुसार थापाको नाम बन्द सूचीमा पहिलो स्थानमा रहने छ । यस अघि अध्यक्ष थापालाई धनकुटाबाट प्रत्यक्षमा समितिले उम्मेदवार बनाउने जनाएको थियो ।
स्वास्थ्यका कारण अध्यक्ष थापाले प्रत्यक्षमा उम्मेदवार नबन्ने जनाए पछि निर्णय सच्याईएको सह–संयोजक गिरीले जानकारी दिए ।
समितिको निर्णय अनुसार अध्यक्ष थापाका छोरा सुनिलबहादुर थापा पनि धनकुटा क्षेत्र नम्बर दुईबाट उम्मेदवारी दिने छन् ।
त्यसै गरी, सिन्धुपाल्चोक–३ बाट पशुपति शम्शेर राणा, सिन्धुपाल्चोक–२ मा र विष्णुविक्रम थापा, चितवन–५ बाट बिक्रम पाण्डे, रुपन्देहीको एक र दुईबाट दीपक बोहरा, नवलपरासीबाट धु्रबहादुर प्रधान, वर्दिया–१ बाट प्रतिभा राणा, नुवाकोट–१ बाट प्रकाश चन्द्र लोहनी, बैतडीबाट लोकेन्द्रबहादुर चन्दलाई उम्मेदवारीमा निर्णय गरेको छ ।
त्यसै गरी, जाजरकोटबाट गोविन्दविक्रम शाह, धनुषा–४ बाट किष्णप्रताम मल्ल, कैलाली–४ बाट मोहनराज मल्ल, बाँके–१ बाट प्रेमबहादुर भण्डारी, दाङ–४ बाट सानु मजगैयाँ, दाङ–१ बाट दिनेश न्यौपाने, काठमाडौं–४ बाट भुवन पाठक, काँस्की–१ बाट सूर्यबहादुर केसीले उम्मेदवारी दिने गिरीले बताए ।
प्रचार प्रसार समितिका संयोजक ठाकुरप्रसाद शर्मा धादिङ–३ र सह–संयोजक गिरी काठमाडौं–९ बाट समानुपातिकमा परेका छन् ।

प्रतिक्रिया