काठमाडौं, १ असोज । शान्ति तथा पुनर्निर्माण मन्त्रालयले निर्वाचन आयोगबाट फोटोसहितको मतदाता नामावली संकलनका लागि सात अर्ब ७५ करोड ६४ लाख ९३ हजार रकम उपलब्ध गराएको जनाएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयद्वारा सोमबार आयोजित नियमित पत्रकार प्रवक्ता भेटघाट कार्यक्रममा मन्त्रालयका सहसचिव तथा प्रवक्ता लक्ष्मीशरण घिमिरेले उक्त जानकारी दिएका हुन् ।
निर्वाचन आयोगले संविधानसभाको आगामी निर्वाचनका लागि पहिलोपटक फोटोसहितको नामावली संकलन गरेको हो । त्यसअन्र्तगत करिब एक करोड २५ लाख मतदाताको फोटोसहितको नामावली संकलन गरेकामा त्यसको छानबिन कार्य गरिरहेको छ ।
फोटोसहितको मतदाता नामावलीको आधारमा मतदाता परिचयपत्र निर्वाचन आयोगले मतदानअघि मतदाताको घरदैलोसम्म पुर्याउने प्रयास र त्यसको तयारीको काम गरिरहेको छ ।
मन्त्रालयलले गृह मन्त्रालयअन्तर्गत नागरिकता वितरण घुम्ती टोली कार्यक्रमका लागि नौ करोड ३५ लाख १५ हजार रकम उपलब्ध गराइएकामा सो घुम्ती टोलीले एक लाख ८१ हजार ७ सय १३ व्यक्तिलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको जनाएको छ ।
पुनर्निर्माण, पुन:स्थापन एवम् राहत वितरण कार्यको प्रभावकारी अनुगमनको लागि पााचै विकास क्षेत्रमा मन्त्रालयका पाँच जना सहसचिवको संयोजकत्वमा छुट्टाछुट्टै अनुगमन टोली गठन गरी अनुगमनको कार्यलाई प्रभावकारी बनाइएको मन्त्रालयलले जनाएको छ ।
त्यसैगरी, मन्त्रालयले सरकारी वार्ता टोली र मधेसी जनअधिकार फोरम नेपाल, आदिवासी जनजाति महासंघलगायत हालसम्म ५६ वटा समूहहरूसँग वार्ता भई सहमति कायम भएको जसमध्ये २१ वटा विभिन्न सशस्त्र समूहले हालसम्म ३ सय ३८ थान हातहतियार सरकारलाई बुझाएको मन्त्रालयद्वारा प्रेसित विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, द्वन्द्वका क्रममा मृत्यु भएका मृतकका नजिकका हकदारलाई गत आर्थिक वर्ष २०६९/७० सम्ममा एक लाखका दरले १४ हजार २ सय १ जना, २ लाखका दरले १ हजार ६ सय ८३ जना र २५ हजारका दरले चार हजार ५ सय ५२ जना एकल महिलालाई आर्थिक सहायता वितरण भएको जनाएको छ ।
कार्यक्रममा शिक्षा मन्त्रालयल, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय योजना आयोग र लोकसेवा आयोगको तर्फबाट प्रगति विवरण प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया