काठमाडौं, ३१ भदौ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमाले चुनाव विरोधी गतिविधिमा सक्रिय रहेको आरोप लगाएका छन् ।
कोटेश्वरस्थित पार्टी मुख्यालयमा आज (सोमबार) आयोजित कार्यक्रममा दाहालले मंसिर–४ गतेको चुनाव बिथोल्ने खेलमा कांग्रेस–एमाले लागेको दाबी गरे । उनले दुई माओवादीबीचको निकटता बढेसँगै कांग्रेस र एमाले चुनाव भाँड्ने षड्यन्त्रमा लागेको बताए ।
‘दुई माओवादीलाई भिडाएर फाइदा लिने पक्षमा कांग्रेस र एमाले थिए,’ उनले भने, ‘हामी मिल्ने अवस्थामा चुनाव भाँड्न चाहन्छन् ।’
अध्यक्ष दाहालले नेकपा–माओवादीसँग पार्टी एकताका विषयमा सकारात्मक कुराकानी भइरहेको बताए । उनले भने, ‘तत्काल एकता सम्भव नभए चुनावी तालेमेल गरेर जान्छौं ।’
प्रतिक्रिया